लाइसेन्स सहित ९ हजार सक्कली कागजपत्र अलपत्र, १० दिनभित्र फिर्ता नलगे कारबाही
चितवन–जिल्ला ट्राफिक कार्यालयले जाँचका क्रममा नियन्त्रणमा लिइएको...
काठमाडौं – भौतिक पूर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सवारी लाइसेन्स छिटो दिने व्यवस्था गरिने बताएका छन् ।
बिहीबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ र नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालको सहकार्यमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा मन्त्री ज्वालाले १ वर्ष वितिसक्दा पनि लाइसेन्स नपाएको बताए ।
उनले भने, ‘एक वर्ष भइसक्यो लाइसेन्स प्रिन्ट भएर आएको छैन।’
यातायात व्यवस्था कार्यालयका कर्मचारीले लाइसेन्स प्रिन्ट गरिदिउँ भनेपनि क्यूमै राख्न लगाएको उनले बताए ।
‘कार्यालयका साथीभाईले मन्त्रीज्यू लाइसेन्स प्रिन्ट गरिदिउँ कि भन्नुभयो, तर मैले भने होइन, सर्वसाधारणको झै क्यूमा राख्नुहोस्, कैले पालो आउँदो रहेछ त्यही बेला लिउँला ।’ मन्त्री ज्वालाले भने ।
अहिले सवारी लाइसेन्स पास भएको डेढ वर्षसम्म पनि प्रायः लाइसेन्स प्रिन्ट भएर आउँदैन । यातायात व्यवस्था कार्यालयले भने प्रिन्ट भएर आउन कम्तिमा ६ महिना समय लाग्ने र ६ महिना पछि लाइसेन्स पाइने बताउँदै आएको छ ।
चितवन–जिल्ला ट्राफिक कार्यालयले जाँचका क्रममा नियन्त्रणमा लिइएको...
काठमाडौं — यातायात व्यवस्था विभागले सुरक्षण मुद्रण केन्द्रमार्फत १२ लाख...
तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...