९ मिनेटमै ८० प्रतिशत चार्ज हुने ‘नेभो क्यू०६’ सार्वजनिक, रेन्ज ७०० किलोमिटर
काठमाडौं–चांगानले आफ्नो नयाँ विद्युतीय एसयूभी नेभो क्यू०६ को प्रि–सेल...
काठमाडौं– आर्थिक मन्दीका कारण अटोमोबाइल बजार अहिले निकै कठिन अवस्थाबाट गुज्रिरहेको छ । वैंक तथा वित्तीय संस्थाले अटोलोन दिन ठप्पजस्तै पार्नु र मन्दीकै कारण उपभोक्ताले आफ्नो आयस्रोत गुमाउनु लगायत कारण बजारमा अहिले गाडी किन्ने ग्राहक नै भेटिन छाडेका छन् । एकाध ब्रान्डका इलेक्ट्रिक कार बाहेक अहिले प्रायः सवैजसो ब्रान्डका प्यासेन्जर कारको बिक्री नराम्रोसँग प्रभावित बनिरहेको छ ।
अटोमोबाइल बजारमा देखिएको मन्दीको असर व्यवसायीले ल्याउने नयाँ वर्ष अफरमा समेत देखिएको छ । यसअघिका नयाँ वर्षमा हर्ष र उल्लासका साथ गाडी बिक्री गर्न तम्सिँदै आएका अधिकांश व्यवसायीले अहिले नयाँ वर्ष अफर नै ल्याएका छैनन् । जतिले ल्याएका छन ती पनि अघिल्ला वर्षहरुको तुलनामा निकै सामान्य रहेको छ ।
यो वर्ष बजारमा हुन्डाई, होन्डा, टाटा, सुजुकी, चांगन, निसान, फोटोन र ग्रेटवालले मात्र नयाँ वर्ष अफर ल्याएका छन् । वाँकी धेरै ब्रान्डले अफर ल्याएका छैनन् । यद्यपि अघिल्ला वर्षहरुमा चर्चामा रहने टाटा र सुजुकीले समेत यो वर्ष अफरको धेरै चर्चा गरेका छैनन् । धेरै कम्पनीहरुले सामाजिक सञ्जाल र आफ्ना डिलर नेटवर्कमा मात्र चर्चालाई सीमित गरेको पाइन्छ ।
यो वर्ष किया, जिप, स्कोडा, फक्सवागन, फोर्ड, एमजी लगायत ब्रान्डमा पनि नयाँ वर्ष अफर आएको छैन । यी ब्रान्डले यसअघिका नयाँ वर्षमा आकर्षक अफर ल्याउने गरेका थिए । महिन्द्राले त झन् प्रायः सामान्य अवस्थामा समेत अफर नल्याउने गरेको इतिहास छ । यो वर्ष बजारमा मन्दी रहेको र यस्तो अवस्थामा जस्तोसुकै आकर्षक अफर ल्याएपनि गाडीको बिक्री बढाउन नसकिने निचोड निकाल्दै यी ब्रान्डले अफरमा रुचि नदेखाएको अनुमान गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...