चितवनमा चार्जिङ स्टेसन : मर्मत नहुँदा सेवाग्राही समस्यामा

काठमाडौं - चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन बजारमा रहेको विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा परेका छन्। झण्डै दुई महिनादेखि यहाँ रहेको चार्जिङ स्टेसन बिग्रेको हो।

सञ्चालनमा आएको एक वर्ष नबित्दै चार्जिङ स्टेसनमा ‘चार्ज’ गर्ने ‘नोजल’ फुट्नुका साथै स्टेसनका दुई डिसी चार्जर बिग्रेको जनाइएको छ।

हाल एउटा एसी चार्जर मात्र सञ्चालनमा छ। एसी चार्जरबाट सवारीसाधन चार्ज गर्दा ढिलो हुन्छ । गाडी चार्ज गर्न आएका गोरखाका ध्रुव गुरुङले चार्जिङ स्टेसन बिग्रँदा हैरानी बेहोर्नुपरेको गुनासो गरे। उनले एसी चार्जरबाट चार्ज गर्दा घण्टा कुर्नुपर्ने समस्या रहेको बताए। उनले २० मिनेटमा गाडी जम्मा छ प्रतिशत चार्ज भएको बताए।

“बिग्रेको अवस्थामा झण्डै एक घण्टामा पूरै चार्ज हुन्थ्यो”, उनले भने, “अहिले त दुई तीन घण्टा कुर्नुपर्छ।” उनले सरकारले विद्युतीय सवारीसाधन प्रयोगमा जोड दिए पनि थप चार्जिङ स्टेसन निर्माण र बिग्रेका स्टेसनको समयमै निर्माण गर्ने कुरामा ध्यान नदिएको गुनासो गरे। उनले धेरै चार्जिङ स्टेसन नहुँदा भएका स्टेसनमा धेरै समय लाइन लगाएर मात्रै चार्ज गर्न पाइने गरेको बताए।

चार्जिङ स्टेसन निर्माणको जिम्मा पाएको दिगोका आयोजना व्यवस्थापक शिव अधिकारीले चार्जिङ गर्ने नोजल फुटेका कारण समस्या भएको बताए। उनले चार्जिङ स्टेसनमा फेर्नुपर्ने सामान मगाइसकेको र एक दुई दिनमै आउने बताए।

“भन्सारमा सामान आएको हप्तादिन भयो”, उनले भने, “सम्भवत आज भन्सार छुटेर सामान काठमाडौँ आइपुग्छ ।”  उनले एक दुई दिनमा प्राविधिक टोली पठाएर मर्मतको काम गरिने बताए ।

आयोजना व्यवस्थापक अधिकारीका अनुसार नेपाल विद्युत् प्राधिकरणमार्फत देशभर ६२ चार्जिङ स्टेसन निर्माण गरिएको छ। केही स्टेसनमा समस्या देखिएको छ। देशभर चार्जिङ स्टेसनका १५३ मध्ये २० मा समस्या देखिएको बताए। उनले सबै स्टेसनमा बिग्रिएको मर्मत तत्काल सुरु गरिने जानकारी दिए। उनले चार्जर प्रयोग गर्दा सेवाग्राहीले सावधानी नअपनाउँदा समस्या आएको बताए। उनले सवारीसाधन चार्जका विषयमा उपभोक्तालाई धेरै कुरा जानकारी गराउनुपर्ने बताए।

चितवनमा केन्द्रीय बस टर्मिनल र मुग्लिनमा नेपाल विद्युत् प्राधिकरणले चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ। रासस

सम्बन्धित समाचारहरू

लिड एसिड र लिथियम आयोन व्याट्री अप्सनमा उपलब्ध ल्यूयानको एमएनके३ इलेक्ट्रिक स्कुटर

लिड एसिड र लिथियम आयोन व्याट्री अप्सनमा उपलब्ध ल्यूयानको एमएनके३ इलेक्ट्रिक स्कुटर

चीनीयाँ व्रान्ड ल्यूयानको इलेक्ट्रिक स्कुटर एमएनके३ लिड एसिड र लिथियम...

चर्चामा नेपाल भित्रिएको पहिलो अफरोड ईभी जेको जे६

चर्चामा नेपाल भित्रिएको पहिलो अफरोड ईभी जेको जे६

काठमाडौ – नेपाली बजारमा भित्रिएको पहिलो अफरोड ईभी जेको जे६ ले चर्चा पाउन...

आकर्षक मूल्य र सेग्मेन्ट फस्ट फिचरले ग्राहक तान्दै नामी

आकर्षक मूल्य र सेग्मेन्ट फस्ट फिचरले ग्राहक तान्दै नामी

अटो शो–२०२४ मा सर्बाधिक चर्चा कमाउन सफल ईभी हो, नामी । अटो शो सुरु हुनुभन्दा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...