अनिवार्य छ र फेस्टिभल अफर ? नो फेस्टिभल अफरमा दृढ छन् यी कम्पनी

दशैं/तिहार नजिकिएसँगै अहिले विभिन्न अटोमोबाइल कम्पनीहरुले धमाधम स्किम सार्बजनिक गरिरहेका छन् । प्रायः सबैजसो ठूला र प्रचलित ब्रान्डले यस्तो अफर सार्वजनिक गरिसकेपनि केही कम्पनीहरुले भने अझैपनि अफर सार्वजनिक गरेका छैनन् । दशैं आउन अब मात्र १० दिन बाँकी रहेका कारण यो बिचमा बाँकी कम्पनीहरुले नयाँ स्किम ल्याउने सम्भावना समेत निकै न्यून रहेको देखिन्छ ।

गाडीतर्फ हालसम्म महिन्द्रा, टोयोटा, स्कोडा, फक्सवागन, किया, एमजी र बीवाईडी जस्ता ब्रान्डको कारोबार गर्ने कम्पनीहरुले नयाँ स्किम ल्याएका छैनन् । सम्भवतः उनीहरुले यसपालिको चाडपर्बमा नयाँ स्किम ल्याउनेछैनन् ।

नेपाली बजारमा सर्बाधिक बिक्री हुनेमध्ये एक महिन्द्राले बिगतदेखि नै चाडपर्वमा नयाँ अफर ल्याउने गरेको छैन । त्यसैले यसपालि पनि महिन्द्राको अफर आउने देखिँदैन । त्यसैगरी टोयोटाले समेत प्रायः दशैं तिहारमा स्किम ल्याउने गरको पाइदैन ।

सेल्टोस र सोनेट एसयूभीको माग उच्च रहेका कारण किया गाडीको आधिकारिक बितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले समेत हालसम्म स्किम ल्याउने कुनै तयारी गरेको छैन ।

बजारमा यी गाडीको माग उच्च रहेका कारण कियालाई स्किममार्फत नयाँ ग्राहक तान्न आबश्यक नभएका कारण यस्तो अफर सार्बजनिक नगरिएको अनुमान लगाउन सकिन्छ ।

नयाँ एसयूभी कुसाकलाई बजारमा उतारेर चर्चा बटुलेको एमएडब्लु इन्टरप्राइजेजले पनि यसपाली औपचारिक रुपमा स्किम नल्याउने देखिन्छ । यो एसयूभीको समेत बजारमा माग उच्च भएका कारण उसलाई स्किमको जरुरी नभएको हुनसक्छ ।

इलेक्ट्रिक कारको बिक्रीबाट चर्चामा आएको एमजी र बीवाईडीले पनि हालसम्म कुनै अफर सार्बजनिक गरेको छैन । बजारमा अहिले इलेक्ट्रिक कारको माग उच्च भएपनि सबैजसो कम्पनीले आपूर्ति गर्न सकिरहेका छैनन् । जसका कारण पनि एमजी र बीवाईडीले यसपाली अफर ल्याउने छाँटकाँट नदेखाएका हुनसक्छन् ।

त्यसैगरी अफर ल्याएका निसान र सुजुकीले पनि आफ्ना प्रचलित र माग उच्च भएका कारमा स्किम दिएको छैन । निसानले किक्स एसयुभीमा स्किम उपलब्ध गराउँदै आएपनि अर्को सब फोर मिटर एसयूभी म्याग्नाइटमा यस्तो सुबिधा दिएको छैन । अहिले बजारमा यो एसयूभीको माग उच्च छ ।

उता सुजुकी र टाटाले पनि आफ्नो लोकप्रिय मोडलका कारमा स्किम उपलब्ध गराएको छैन । सुजुकीले ब्रेजा र स्विफ्ट लगायत मोडलमा स्किम उपलब्ध गराएको छैन भने टाटाले नेक्सन ईभीमा यस्तो सुबिधा दिएको छैन । यी दुई ब्रान्डले अन्य मोडलका कारमा भने दशैं अफर अन्तर्गत स्किम उपलब्ध गराउँदै आएका छन् ।

चाडपर्वमा स्किम र अफर सार्वजनिक गर्नु एउटा अनिवार्य शर्त जस्तै बनेको छ । यद्यपि कतिपय कम्पनीहरु यो मान्यता विपरित पनि राम्रै तरिकाले बजारमा टिकिरहेको मान्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

कियाले सार्वजनिक ग-यो नयाँ एसयूभी क्यारेन्सको डिजाइन स्केच, डिसेम्बर १६ मा वर्ल्ड प्रिमियर हुने

कियाले सार्वजनिक ग-यो नयाँ एसयूभी क्यारेन्सको डिजाइन स्केच, डिसेम्बर १६ मा वर्ल्ड प्रिमियर हुने

किया इन्डियाले कम्पनीको बहुप्रतीक्षित मोडल किया क्यारेन्सको स्केच जारी...

अग्नि ग्रुपद्वारा डडेल्धुरामा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम स्थापना

अग्नि ग्रुपद्वारा डडेल्धुरामा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम स्थापना

काठमाडौं – अग्नि ग्रुपले हालै नेपालको प्रदेश नं ७ अन्तर्गत...

फ्ल्यागसिप मोडल अल्टुरस जी४ को उत्पादन वन्द गर्दै महिन्द्रा

फ्ल्यागसिप मोडल अल्टुरस जी४ को उत्पादन वन्द गर्दै महिन्द्रा

महिन्द्राले आफ्नो फ्ल्यागसिप मोडल अल्टुरस जी४ को उत्पादन वन्द गर्ने भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...