२ लाख २० हजार भारु सम्मले सस्तो भयो एक्सयूभी ७००, नेपाली बजारमा कस्तो पर्ला प्रभाव ?
काठमाडौं– महिन्द्राले आफ्नो फ्ल्यागशिप एसयूभी एक्सयूभी ७०० मा एकैपटक २...
दशैं/तिहार नजिकिएसँगै अहिले विभिन्न अटोमोबाइल कम्पनीहरुले धमाधम स्किम सार्बजनिक गरिरहेका छन् । प्रायः सबैजसो ठूला र प्रचलित ब्रान्डले यस्तो अफर सार्वजनिक गरिसकेपनि केही कम्पनीहरुले भने अझैपनि अफर सार्वजनिक गरेका छैनन् । दशैं आउन अब मात्र १० दिन बाँकी रहेका कारण यो बिचमा बाँकी कम्पनीहरुले नयाँ स्किम ल्याउने सम्भावना समेत निकै न्यून रहेको देखिन्छ ।
गाडीतर्फ हालसम्म महिन्द्रा, टोयोटा, स्कोडा, फक्सवागन, किया, एमजी र बीवाईडी जस्ता ब्रान्डको कारोबार गर्ने कम्पनीहरुले नयाँ स्किम ल्याएका छैनन् । सम्भवतः उनीहरुले यसपालिको चाडपर्बमा नयाँ स्किम ल्याउनेछैनन् ।
नेपाली बजारमा सर्बाधिक बिक्री हुनेमध्ये एक महिन्द्राले बिगतदेखि नै चाडपर्वमा नयाँ अफर ल्याउने गरेको छैन । त्यसैले यसपालि पनि महिन्द्राको अफर आउने देखिँदैन । त्यसैगरी टोयोटाले समेत प्रायः दशैं तिहारमा स्किम ल्याउने गरको पाइदैन ।
सेल्टोस र सोनेट एसयूभीको माग उच्च रहेका कारण किया गाडीको आधिकारिक बितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले समेत हालसम्म स्किम ल्याउने कुनै तयारी गरेको छैन ।
बजारमा यी गाडीको माग उच्च रहेका कारण कियालाई स्किममार्फत नयाँ ग्राहक तान्न आबश्यक नभएका कारण यस्तो अफर सार्बजनिक नगरिएको अनुमान लगाउन सकिन्छ ।
नयाँ एसयूभी कुसाकलाई बजारमा उतारेर चर्चा बटुलेको एमएडब्लु इन्टरप्राइजेजले पनि यसपाली औपचारिक रुपमा स्किम नल्याउने देखिन्छ । यो एसयूभीको समेत बजारमा माग उच्च भएका कारण उसलाई स्किमको जरुरी नभएको हुनसक्छ ।
इलेक्ट्रिक कारको बिक्रीबाट चर्चामा आएको एमजी र बीवाईडीले पनि हालसम्म कुनै अफर सार्बजनिक गरेको छैन । बजारमा अहिले इलेक्ट्रिक कारको माग उच्च भएपनि सबैजसो कम्पनीले आपूर्ति गर्न सकिरहेका छैनन् । जसका कारण पनि एमजी र बीवाईडीले यसपाली अफर ल्याउने छाँटकाँट नदेखाएका हुनसक्छन् ।
त्यसैगरी अफर ल्याएका निसान र सुजुकीले पनि आफ्ना प्रचलित र माग उच्च भएका कारमा स्किम दिएको छैन । निसानले किक्स एसयुभीमा स्किम उपलब्ध गराउँदै आएपनि अर्को सब फोर मिटर एसयूभी म्याग्नाइटमा यस्तो सुबिधा दिएको छैन । अहिले बजारमा यो एसयूभीको माग उच्च छ ।
उता सुजुकी र टाटाले पनि आफ्नो लोकप्रिय मोडलका कारमा स्किम उपलब्ध गराएको छैन । सुजुकीले ब्रेजा र स्विफ्ट लगायत मोडलमा स्किम उपलब्ध गराएको छैन भने टाटाले नेक्सन ईभीमा यस्तो सुबिधा दिएको छैन । यी दुई ब्रान्डले अन्य मोडलका कारमा भने दशैं अफर अन्तर्गत स्किम उपलब्ध गराउँदै आएका छन् ।
चाडपर्वमा स्किम र अफर सार्वजनिक गर्नु एउटा अनिवार्य शर्त जस्तै बनेको छ । यद्यपि कतिपय कम्पनीहरु यो मान्यता विपरित पनि राम्रै तरिकाले बजारमा टिकिरहेको मान्न सकिन्छ ।
काठमाडौं– महिन्द्राले आफ्नो फ्ल्यागशिप एसयूभी एक्सयूभी ७०० मा एकैपटक २...
महिन्द्राको नयाँ प्रिमियम एसयूभी एक्सयुभी७०० आधिकारिक रुपमा डेब्यू...
जावाले नयाँ बाइक जावा ४२ बबर बाइक भारतीय बजारमा लन्च गरेको छ । सो बाइकको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...