एमआईटीले ल्यायो इलेक्ट्रिक भेइकलको लागि नयाँ कोबाल्टमुक्त जैविक ब्याट्री

म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का अनुसन्धानकर्ताले नयाँ ब्याट्रीको डिजाइन गरेका छन् जसले इलेक्ट्रिक भेइकललाई थप दिगो बनाउन मदत गर्नेछ । अब नयाँ ब्याट्रीमा कोबाल्ट वा निकलको सट्टा अब कार्बनिक पदार्थमा आधारित क्याथोडको प्रयोग हुनेछ ।

लिथियम–आयोन ब्याट्रीमा क्याथोडको रूपमा कोबाल्टको प्रयोग भएको हुन्छ । यसले विषाक्त फोहोर उत्पादन गर्छ र वरपरको जमिन, हावा र पानीलाई प्रदूषित गर्छ । यो अवस्थामा एमआईटीले नयाँ ब्याट्रीको आविष्कार गरेको छ ।

रिपोर्टका अनुसार एमआईटीले विकास गरेको ब्याट्रीमा भण्डारण क्षमता बढी हुने र कोबाल्ट ब्याट्री भन्दा छिटो चार्ज गर्न सकिनेछ । यो कोबाल्ट युक्त ब्याट्री भन्दा कम लागतमा उत्पादन गर्न सकिन्छ । यद्यपि यसको क्षमता कोबाल्ट ब्याट्री समान हुन्छ ।

कोबाल्ट ब्याट्रीमा धेरै कमजोरीका कारण वैकल्पिक ब्याट्रीका लागि धेरै अनुसन्धान गरिएको छ । यस्तै एउटा लिथियम आइरन फस्फेट पनि हो, जसलाई केही कार निर्माताले इलेक्ट्रिक सवारी साधनमा प्रयोग गर्न थालेका छन् । यद्यपि यसमा कोबाल्ट र निकल ब्याट्रीको आधा ऊर्जा घनत्व मात्र हुन्छ ।

सम्बन्धित समाचारहरू

लीपमोटर सी–१० अब भैरहवा र बुटवलमा पनि, पाँचवटा गाडी ग्राहकलाई हस्तान्तरण

लीपमोटर सी–१० अब भैरहवा र बुटवलमा पनि, पाँचवटा गाडी ग्राहकलाई हस्तान्तरण

लिप मोटरले हालै नेपाल ल्याएको नयाँ बिद्युतिय कार सी–१० को बिक्री भैरहवा र...

सिजी मोटर्सको एक्सचेन्ज क्याम्प, पुराना गाडीसँग नेटा भी साट्न सकिने

सिजी मोटर्सको एक्सचेन्ज क्याम्प, पुराना गाडीसँग नेटा भी साट्न सकिने

काठमाडौं– सिजि मोटर्सले पुराना गाडीसँग नेटा भी साट्न सकिने क्याम्पको...

हाइब्रिड र इलेक्ट्रिक कारबीचको मुख्य भिन्नता के ?

हाइब्रिड र इलेक्ट्रिक कारबीचको मुख्य भिन्नता के ?

पेट्रोल वा डिजेलका विकल्पमै सीमित उपभोक्ता अहिले हाइब्रिड र इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...