सुन्दर यातायातका विद्युतीय बस चल्न बन्द, डिमान्ड शुल्क नहटाइएको भनाइ

काठमाडौं – सुन्दर यातायातले संचालन गर्दै आएको विद्युतीय बस आजदेखि चलाउन बन्द गरेको छ ।

नेपाल सरकार विद्युत नियमन आयोग र विद्युत प्राधिकरणले पटक–पटक विद्युतीय सवारी साधन चार्जिङ स्टेसनको नाममा लिँदै आएको अतिरिक्त डिमान्ड शुल्क नहटाएको भन्दै सुन्दर यातायातले सो सेवा बन्द गरेको बताएको हो ।

गत वर्ष नै डिमान्ड शुल्क हटाउने निर्णय भएको तर अझै पनि विद्युत प्राधिकरणले अतिरिक्त डिमान्ड शुल्क लिँदै आएको यातायातले बताएको छ ।

विज्ञप्तिमार्फत सुन्दर यातायातले विद्युत खपत बढाउन भन्दै सरकारले नाटकीय रूपमा आह्वान गर्ने र आफ्नो निर्णय आफैं कार्यान्वयन नगरी जनताद्वारा सञ्चालित विद्युतीय सवारी साधनमा रोक लगाउन चाहेको आरोप लगाएको छ।

कम्पनीले सरकारको उक्त योजनाका कारण कम्पनीले आफ्नो सेवा बन्द गर्न बाध्य रहेको विज्ञप्तिमा उल्लेख गरेको छ।

विज्ञप्तिमा लेखिएको छ, ’सरकारको असहयोगका कारणले यो निर्णय लिन बाध्य हुनुपरेकोमा कम्पनी दुःख व्यक्त गर्छ।’

विद्युतीय बसले डिमान्ड शुल्कअन्तर्गत मासिक ३५ हजार पाँच सय लिँदै आएको छ । यसबाहेक प्रतियुनिट आठ रुपैयाँ ८६ पैसा शुल्क तिर्नुपर्ने सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाको भनाइ छ । प्राधिकरणले डिमान्ड शुल्क हटाए सवारीसाधनको शुल्क २० प्रतिशत घट्ने उनले बताए ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने एउटा डिमान्ड शुल्कसहित र अर्को डिमान्ड शुल्कबाहेक  गरी दुई प्रकारको शुल्क प्राधिकरणले लिदै आएको बताउछन्। डिमान्ड शुल्क भएको अलि महँगो हुने र आयोगले तोकेकै महसुल लिइरहेको उनको भनाइ छ ।

सम्बन्धित समाचारहरू

थप सुरक्षित बनेर आयो इसुजु भी–क्रसको २०२४ मोडल

थप सुरक्षित बनेर आयो इसुजु भी–क्रसको २०२४ मोडल

इसुजुले भारतमा २०२४ भी–क्रस पिकअप ट्रक लन्च गरेको छ । अपडेट गरिएको मोडलको...

यी हुन् २५ सय सीसी माथिका शक्तिशाली एसयूभी, मूल्य र पावर यस्तो

यी हुन् २५ सय सीसी माथिका शक्तिशाली एसयूभी, मूल्य र पावर यस्तो

नेपाली बजारमा पछिल्लो समय एसयूभी सेग्मेन्टका गाडीको माग उच्च रहँदै आएको छ...

फिचर र डिजाइनमा अपडेट भएर आयो इसुजु डि–म्याक्स भी–क्रस

फिचर र डिजाइनमा अपडेट भएर आयो इसुजु डि–म्याक्स भी–क्रस

इसुजुले आफ्नो लोकप्रिय पिकअप ट्रक डि–म्याक्स भी–क्रसलाई अपडेट गरेर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...