लाइसेन्सको लाइन समस्या क्रमश: समाधान हुँदै गएको दाबी
काठमाडौं । यातायात सेवा प्रवाहलाई डिजिटल, पारदर्शी र झन्झटमुक्त बनाउने...
काठमाडौं – बागमती प्रदेश सरकारले असोज देखि लागू गर्ने भनिएको ७० अंक ल्याए पास हुने नियम फेरि स्थगित भएको छ । केही दिन पहिले नै असोज देखि यो नियम लागू हुने भनिएको थियो । तर यो नियम अmझै लागू हुन सकेको छैन ।
अब यो नियम कहिले देखि लागू हुने हो भन्ने वारेमा समेत अन्यौल उत्पन्न भएको छ । ३१ भदौमा श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमतीले निर्देशिका तत्काल लागू नगर्ने व्यहोराको पत्र पठाएका कारण स्थगित गरिएको यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, चावहिलका कार्यालय प्रमुख विष्णु कुमार भट्टराईले जानकारी दिएका छन् ।
यातायात व्यवस्था विभागले चैत २०७७ मै निर्देशिका जारी गरे पनि तयारी नपुगेको भन्दै बागमती प्रदेशले निर्देशिका लागू गरेको थिएन ।
यस सम्बन्धी निर्देशिका जारी भएको डेढ वर्ष सम्म पनि लागू नभए पछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले निर्देशिका लागू गर्न पहल गरेका थिए । उनकै अगुवाईमा वागमती लगायत अन्य प्रदेशले समेत यो नियम लागू गर्ने सहमति भएको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...