शुरुमा ८ लाख बुझाएर ७.३३ प्रतिशत ब्याजदरमा नेक्सन ईभी किन्न सकिने, एनएमबि बैंकले कर्जा दिने

काठमाडौँ – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालि र एनएमबि बैंक लिमिटेडबीच सम्झौता भएको छ । यस अनुसार अब टाटा मोटर्सको इलेक्ट्रिक कार नेक्सन ईभी खरिद गर्न चाहने खरिदकर्ताले एनएमबि बैंक लिमिटेडको नेपालभरीका शाखाहरुमार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।

उक्त कर्जा सम्झौता अन्तर्गत नेक्सन ईभी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरुले शून्य प्रतिशत प्रिमियम सहित बैंकको बेस रेट ब्याजदरमा कर्जा प्राप्त गर्न सक्नेछन् । यस अन्तर्गत बैंकले २४ कार्य घण्टाभित्र ८० प्रतिशत सम्म फाइनान्सको सुविधा उपलब्ध गराउनेछ । एनएमबी बैंकले विद्युतीय सवारीका लागि बेस रेट ७.३३ प्रतिशत तोकेको छ ।

उक्त सम्झौतापत्रमा सिप्रदीका तर्फबाट प्यासेन्जर भेइकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापति र एनएमबि बैंक लिमिटेडका तर्फबाट व्यापार तथा रणनीति प्रमुख अधिकृत सुदेश उपाध्यायले एक कार्यक्रमबीच हस्ताक्षर गरे ।

टाटाका गाडी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रहेर कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो । नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन, परिपत्र तथा बैंकको नीति अनुसार ग्राहकहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने बैंकको भनाइ छ ।

नेपालमा हालै उपलब्ध नेक्सन ईभी तीन भेरिएन्टमा उपलब्ध छ । यसको सबैभन्दा सस्तो भेरिएन्टको मूल्य ३५ लाख ९९ हजार छ । त्यसैगरी अन्य दुई भेरिएन्टको मूल्य ३७ लाख ९९ हजार ३९ लाख ९९ हजार रुपैयाँ छ ।

नेक्सन ईभीको सबैभन्दा माथिल्लो भेरिएन्ट किन्न चाहने ग्राहकले पनि अब शुरुमा ८ लाख रुपैयाँ बुझाएर यो गाडी लिन सकिने छ । विद्युतीय सवारीमा ८० प्रतिशत सम्म फाइनान्स सुविधा उपलब्ध हुने भएकाले ग्राहकले यो सुविधा पाउने भएका हुन् ।

सम्बन्धित समाचारहरू

यस्ता छन् इलेक्ट्रिक एसयूभी टाटा ह्यारियरका ५ फिचर

यस्ता छन् इलेक्ट्रिक एसयूभी टाटा ह्यारियरका ५ फिचर

टाटा मोटर्सले बहुप्रतीक्षित ह्यारियर ईभी भारतमा लन्च गरेको छ। कम्पनीले...

सवारी साधन कर्जाको जोखिमभार १०० प्रतिशतमा झ-यो

सवारी साधन कर्जाको जोखिमभार १०० प्रतिशतमा झ-यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जाको जोखिमभार १२५...

अशोक लेल्यान्डका सवारी साधन किन्न नबिल बैंकले कर्जा दिने

अशोक लेल्यान्डका सवारी साधन किन्न नबिल बैंकले कर्जा दिने

काठमाडौं – कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...