इलेक्ट्रिक सवारीका टायर पेट्रोल वा डिजेलको तुलनामा चाँडै खिइन्छ किन ? यस्तो छ कारण
इलेक्ट्रिक सवारी साधनका टायर पेट्रोल वा डिजेल कारमा प्रयोग हुने टायरको...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनआईयू इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक इको इन्फिनिटी प्रालिबीच अटो लोन उपलब्ध गराउने सम्बन्धी द्विपक्षीय सम्झौता भएको छ । सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र इको इन्फिनिटी प्रालिका प्रमुख कार्यकारी अधिकृत डा मौसम बोहराले हस्ताक्षर गरे ।
सो सम्झौताअनुसार अब बैंकले ‘अटो लोन’अन्तर्गत सो कम्पनीद्वारा आयातित ‘एनआईयू इलेक्ट्रिक’ स्कुटर खरिद गर्दा ८० प्रतिशतसम्म किस्तामा ‘लोन’ प्रवाह गर्नेछ । यस्तो लोन स्कुटरको ‘वारेन्टी’का आधारमा चार वर्षसम्म हुने जनाइएको छ ।
सम्झौता हस्ताक्षरपछि बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले वातावरण संरक्षणका लागि नेपालमा विद्युतीय स्कुटर प्रवद्र्धन गर्दै उपभोक्तालाई यसमा बानी पार्नु आवश्यक रहेको बताए ।
इको इन्फिनिटी प्रालिका प्रमुख कार्यकारी अधिकृत डा बोहराले नेपालमा विद्युतीय सवारी साधनको प्रयोगमा उपभोक्तालाई बानी पार्न आफ्नो कम्पनीले सेवाको भावले काम गरिरहेको बताए ।
नेपालमा यसले लोकप्रियता हासिल गर्दै गएको इको इन्फिनिटीले जनाएको छ । एनआईयूको पोर्टफोलियोमा छ सिरिजका दुईपाङ्ग्रे सवारीसाधन नेपाली बजारमा उपलब्ध रहेका उनले जानकारी दिए ।
चौथो पुस्ताका ब्याट्री लिथियम टेक्नोलोजीमा आधारित रहेको र यस्ता सवारीसाधनमा ब्याट्री लामो समयसम्म टिक्नेछ । एनआईयू इनर्जी टेक्नोलोजीले अनुकूलित स्टेट अफ चार्ज एल्गोरिदम, गतिशील सेल्फ लिर्निग ब्याट्री व्यवस्थापन प्रणाली र कन्फिगर योग्य क्षेत्र उन्मुख नियन्त्रणमार्फत यसको उद्देश्य प्राप्त गर्ने जनाइएको छ ।
एनआईयू स्कुटर उच्च गुणस्तरीय भएकै कारण गरुडा सेक्युरेटिज तथा गरुडा सपोर्ट सर्भिस र दराज अनलाइन सर्भिसले धेरै संख्यामा प्रयोगमा ल्याइराखेको कम्पनीको भनाइ छ ।
इलेक्ट्रिक सवारी साधनका टायर पेट्रोल वा डिजेल कारमा प्रयोग हुने टायरको...
काठमाडौं–नेपाली बजारमा अबको केही दिन पछि अर्को नयाँ विद्यूतीय एसयूभी लन्च...
काठमाडौं– ईभी व्यापारमा निकै नै आक्रमक तवरले प्रस्तुत हुँदै आएको एमएडब्लु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...