बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – विश्वकै नम्बर वान इलेक्ट्रिक ब्रान्ड दावी गर्ने कम्पनी एनआईयूले नेपाली बजारमा अर्को नयाँ मोडल एनआईयू एमक्यूआई प्लस लन्च गरेको छ । कम्पनीले विश्व प्रसिद्ध कम्पनी बोससँगको सहकार्यमा फेरि नयाँ जेनेरेसनको ई–स्कुटर नेपाली बजारमा उपलब्ध गराएको बताएको छ ।
नयाँ स्कुटरमा फरक ड्राइभिङ मोड र दोस्रो राइडरका लागि थप स्पेस समेत रहेको छ । एनआईयू एमक्यूआई प्लस इलेक्ट्रिक स्कुटरमा ४८ भोल्ट ३१ एएचको लिथियम आयोन ब्याट्री र बोसको १५ सय वाटको इलेक्ट्रोमिटर रहेको छ । सिंगल चार्जमा ६० देखि ७५ किलोमिटर सम्मको रेन्ज दिने सो स्कुटरको अधिकतम गति ४५ किलोमिटर प्रतिघण्टा हुने बताइएको छ । यसको मूल्य २ लाख ३९ हजार रुपैयाँ तोकिएको छ ।
रोबस्ट फ्रेमका कारण यो स्कुटरमा सवार हुने ब्यक्तिले आफूलाई कन्फिडेन्ट महसुस गर्न सक्छन् । लिथियम आयोन ब्याट्री र बोस मोटरको कम्बिनेसनले स्कुटरलाई थप सशक्त बनाएको छ । सो स्कुटर विभिन्न ५ कलरमा उपलब्ध हुनेछ ।
स्कुटरमा गरिएको नयाँ अपग्रेडले यसलाई थप ग्राहकमैत्री बनाएको छ । सबै स्कुटरमा प्रिपेड सिमकार्ड स्लट उपलब्ध छ, जसलाई एनआईयू एपको माध्यमले सातै दिन र चौबिसै घण्टा कनेक्ट गर्न सकिन्छ । यसको सहयोगले जीपीएस, एन्टी–थेफ्ट ट्रयाकिङ, रिमोट ट्रयाकिङ, स्कुटर डायग्नोस्टिक र हेल्प सेन्टर जस्ता रियल टाइम इन्टेलिजेन्स स्कुटर धनीलाई उपलब्ध हुन्छ ।
विश्व बजारमा सन् २०१५ देखि एनआईयूका स्कुटर उपलब्ध छन् । हाल विश्वका ४० देशमा ७० लाख एनआईयूका स्कुटर बिक्री भएका र ७ अर्ब किलोमिटर गुडेको कम्पनीको भनाइ छ । नेपाली बजारमा विगत ४ वर्ष देखि एनआईयूका स्कुटर उपलब्ध छन् र हाल सम्म ८ सय युनिट स्कुटर नेपाली सडकमा गुडिरहेको कम्पनीको भनाइ छ ।
नेपालमा इको इन्फिनिटीले एनआईयूका स्कुटर बिक्री–वितरण गरिरहेको छ । इको इन्फिनिटीका डाइरेक्टर प्रगुण राजभण्डारीले हाल नेपाली बजारमा यो स्कुटर वाहेक विभिन्न रेन्जका ई–स्कुटर, ई–साइकल र बाइसाइकल समेत उपलब्ध भएको र अर्वान मोबिलिटीका लागि सबै ग्राहकलाई सन्तुष्टी प्रदान गर्नु नै आफूहरुको उद्देश्य रहेको बताए । किफायती मूल्यमा वातावरणमैत्री सवारी साधन उपलब्ध गराउदै जाने उनले बताए ।
नेपाली बजारमा पहिलो पटक नम्बर प्लेट प्राप्त गर्न सफल ई–स्कुटर कम्पनी हो । त्यसैगरी काठमाडौं उपत्यकाको दरवारमार्ग र झम्सिखेल गरी दुई सोरुम भएको पहिलो कम्पनी हो भने ८ वटा ए क्लास बैंकहरुबाट फाइनान्समा सहकार्य प्राप्त गर्न सफल कम्पनी समेत हो ।
यी सबैका कारण आगामी दिनमा नेपाली इलेक्ट्रिक सवारीको बजारमा एनआईयू एक गेम चेन्जर बन्ने कम्पनीको अपेक्षा भएको बताइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...