एनओजी महेन्द्रनगर च्याप्टर राइड सम्पन्न

काठमाडौँ – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले महेन्द्रनगरमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।

गत वैशाख ९ गते शनिबार आयोजना भएको सो राइड टीभीएसको महेन्द्रनगरस्थित शोरुम (महामाया ट्रेड एन्ड सप्लायर्स) बाट शुरु भएर दोधारा – अतिथि रिसोर्ट पुगेर समापन भएको थियो।

उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो। साथै सहभागी सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुका साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

करिब ५० जना राइडरहरु सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

साथै उक्त राइडमा प्राविधिक टिमले सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको वारेमा समेत जानकारी पनि प्रदान गरिएको थियो ।

सम्बन्धित समाचारहरू

चाडपर्वलाई लक्षित गर्दै प्रोटोनले ल्यायो ६ लाख दक्षिणा सहितको ‘दशैँ–दक्षिणा’ योजना

चाडपर्वलाई लक्षित गर्दै प्रोटोनले ल्यायो ६ लाख दक्षिणा सहितको ‘दशैँ–दक्षिणा’ योजना

काठमाडौं – चाडपर्वको मौसम नजिकिएसँगै प्रोटोन गाडीको आधिकारिक वितरक...

भृकुटीमण्डपमा शुरु भयो टीभीएसको ग्रान्ड एक्सचेन्ज, कात्तिक ५ सम्म यस्ता अफर

भृकुटीमण्डपमा शुरु भयो टीभीएसको ग्रान्ड एक्सचेन्ज, कात्तिक ५ सम्म यस्ता अफर

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टीभीएस...

भारतबाट निर्यात हुने टु–ह्विलरमा बजाज र टीभीएसको हिस्सा ७२ प्रतिशत, कुन मोडल बढी लोकप्रिय

भारतबाट निर्यात हुने टु–ह्विलरमा बजाज र टीभीएसको हिस्सा ७२ प्रतिशत, कुन मोडल बढी लोकप्रिय

भारतले वर्ष २०२५ मा हालसम्मकै सर्बाधिक मोटरसाइकल तथा स्कुटर निर्यात गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...