यी हुन् इलेक्ट्रिक गाडीका लागि विश्वका धेरै चार्जिङ स्टेशन भएका १० सहर, लण्डन पहिलो नम्बरमा
इलेक्ट्रिक गाडी चलाउनका लागि चार्जिङ स्टेशनको आवश्यकता पर्छ । यही कुरालाई...
कोरोना महामारी र त्यसले निम्त्याएको लामो लकडाउनका कारण समग्र अर्थ व्यवस्था नै प्रभावित बनेपनि नेपालको अटो बजारमा भने खासै प्रभाव परेन । लामो समयसम्म सार्बजनिक यातायात बन्द भएका कारण उपभोक्ताले आफ्नो क्षमता अनुसारका निजी सवारी खरिदलाई तीव्र बनाएका कारण पनि सवारी बजारमा ठूलो समस्या नदेखिएको हो ।
यो अवधिभर बजारमा मोटरसाइकल र स्कुटरको माग धान्नै नसक्ने गरी बढ्यो पनि । कतिपय कम्पनीले लकडाउनका कारण बजार प्रभाबित बन्ने प्रक्षेपण गर्दै कम मात्रामा सवारी साधन मगाए पनि बजारमा त्यसको ठिक विपरित माग भने उच्च रह्यो । जसका कारण बीचको केही समय सवारीसाधनको अभाव समेत भएको थियो ।
पहिलो चरणको लकडाउनबाट पाठ सिकेर आयातकर्ता कम्पनीहरुले पर्याप्त सवारी साधन मगाएका कारण दोस्रो लकडाउनमा भने यस्तो समस्या देखापरेन । अहिले प्रायः सबैजसो कम्पनीहरुलाई सवारी साधन बिक्री गर्न भ्याईनभ्याईको अवस्था छ । तथापि यो अवस्था लामो समयसम्म रहिनरहने संकेतहरु देखा परेका छन् ।
सवारीसाधनका लागि आवश्यक पर्ने सेमी कन्डक्टर अर्थात चिप्सको विश्वव्यापी अभावका कारण भारतमा कतिपय कम्पनीहरुले उत्पादन कटौती थालिसकेका छन् । यसको सीधा असर नेपाली बजारमा समेत पर्न थालेको छ । अहिले बजारमा इलेक्ट्रिक कारको माग उच्च रहेपनि बजारमा पर्याप्त आपूर्ति हुन सकिरहेको छैन । कतिपय कम्पनीहरुले डिलेभरी दिन लामो समय लाग्ने तोकेरै सवारीको बुकिङ लिन थालेका छन् भने कतिपय उत्पादनको माग उच्च भएपनि आपूर्ति कहिलेबाट सहज हुन्छ भन्ने यकिन छैन । यो त भयो अन्तराष्ट्रिय बजारमा सेमिकन्डक्टर अभावका कारण सिर्जित समस्या ।
तर पछिल्लो समय राष्ट्र बैंक र सम्वन्धित निकायहरुबाट आयातमा ठूलो रकम बिदेशिएको भन्दै केही सामानको आयातमा कडाई गरिने भनाइहरु सार्बजनिक भैरहेका छन् । यदि यस्तो भयो भने पहिलो मारमा सवारीसाधन नै पर्ने बिगतको अनुभवले देखाएको छ । ३ बर्षअघि पनि तत्कालीन अर्थमन्त्रलिे बिलासी साधनको आयातमा कडाई गर्ने नीति ल्याएका कारण ५० हजार बढी मूल्य पर्ने महंगा सवारीसाधनको आयात बन्द गरिएको थियो । पछि यो प्रावधान हटेर हाल यस्ता गाडीहरु समेत आयात हुन थालेका छन् ।
अर्को, अहिले बैंकहरुमा तरलता अभाब चुलिएको छ । निक्षेपको तुलनामा कर्जा माग बढी भएका कारण यस्तो समस्या सिर्जना भएको हो । यो समस्या झनै चुलिने र ब्याजदर बढ्ने पक्कापक्की भैसकेको छ । कतिपय बैंकहरुले त अहिलेदेखि नै कर्जाको ब्याज बढाउन थालिसकेका छन् । तरलता अभाब बढ्दै गएको खण्डमा बैंकहरुले कर्जाको ब्याजदर त बढाउँछन नै साथमा सवारी कर्जामा समेत कडाई गर्दै जाने अवस्था निम्तिनेछ ।
यदि यस्तो अवस्था आएमा सवारीबजार नराम्रोसँग प्रभावित बन्ने निश्चित छ । अटो लोनको ब्याजदर बढेपछि उपभोक्ताले सवारीसाधन खरिदमा तत्काल रुचि नदेखाउने कारण पनि बजार प्रभाबित बन्ने देखिएको हो ।
इलेक्ट्रिक गाडी चलाउनका लागि चार्जिङ स्टेशनको आवश्यकता पर्छ । यही कुरालाई...
काठमाडौं – महिन्द्राका दुई नयाँ ईभी बीई६ र एक्सईभी ९ई नेपाली बजारमा उपलब्ध...
सुदूरपश्चिम प्रदेशसभाले गत आइतबार ‘सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७९ लाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...