नयाँ नाम सहित ११ ट्रिममा आउने भयो नेक्सन फेसलिफ्ट

टाटा मोटर्सको सर्बाधिक लोकप्रिय एसयूभी नेक्सन फेसलिफ्ट सेप्टेम्वरमा लन्च हुने तयारीमा छ । कम्पनीले यसको एक्सटेरियर र इन्टेरियरको तस्विर सार्वजनिक गर्नुको साथै बजारमा उपलब्ध हुने कुल ट्रिम समेत सार्वजनिक गरेको छ । टाटा मोटर्सका अनुसार सो एसयूभी अव कुल ११ ट्रिममा आउने भएको हो ।

हाल कारोवार हुँदै आएको नेक्सन एक्स, एक्सई, एक्सएम, एक्सएम प्लस, एक्सजेड प्लस र एक्सजेड प्लस लक्जरी गरी कुल ६ ट्रिममा उपलब्ध रहँदै आएकोमा नयाँ मोडलमा कम्पनीले नयाँ नामको ट्रिम दिन लागेको छ । जसअनुसार नेक्सन फेसलिफ्ट अव स्मार्ट, स्मार्ट प्लस, स्मार्ट प्लस(एस), प्योर, प्योर(एस), क्रियटिभ, क्रियटिभ प्लस, क्रियटिभ प्लस(एस), फियरलेस, फियरलेस(एस) र फियरलेस प्लस(एस) ट्रिममा आउन लागेको हो ।

रेगुलर मोडलसहित यसको ४ स्पेसल एडिसन बजारमा उपलब्ध छ । कम्पनीले यसको डार्क, काजिराङ्गा, जेट र रेड डार्क नाममा स्पेसल एडिसन बिक्री गर्दै आएकोमा फेसलिफ्ट पनि यी एडिसनमा उपलब्ध हुनसक्ने संभावना देखिएको छ ।

नेक्सन फेसलिफ्टमा मुख्यतः ३६० डिग्री क्यामेरा, नयाँ एलइडी डिआरएल र फ्रन्ट पार्किङ सेन्सल लगायत फिचर थप हुने कम्पनीले जनाएको छ । नेक्सन फेसलिफ्टमा ह्यारियर र सफारीमा जस्तै दुईवटा १०.२५ इन्चको टचस्क्रिन र डिजिटल इन्स्ट्रयूमेन्ट क्लस्टर उपलब्ध हुनेछन् ।

यसैगरी नयाँ टु स्पोक स्टेरिङ ह्विल, सवै भेरिएन्टमा न्यूनतम ६ वटा एयरव्याग, एलइडी डिआरएलसहितको एलइडी हेडल्याम्प र मल्टि ड्राइभ मोड लगायत फिचर दिन लागिएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

सिप्रदीद्वारा वडा नम्बर ४ लाई स्ट्रिट लाइट हस्तान्तरण

सिप्रदीद्वारा वडा नम्बर ४ लाई स्ट्रिट लाइट हस्तान्तरण

काठमाडौं – सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायित्व संस्था सिप्रदीयन...

आजबाट टाटा ईभी अटो कार्निभल, विशेष अफरका साथै माल्दिभ्स भ्रमणको अवसर

आजबाट टाटा ईभी अटो कार्निभल, विशेष अफरका साथै माल्दिभ्स भ्रमणको अवसर

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पन्च ईभीले पायो ५ स्टार रेटिङ, कहिले आउला नेपाल ?

पन्च ईभीले पायो ५ स्टार रेटिङ, कहिले आउला नेपाल ?

टाटा मोटर्सको माईक्रो एसयूभी पन्च ईभीले क्र्यास टेष्टमा ५ स्टार रेटिङ हात...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...