टाटा नेक्सन ईभीको लङ रेन्ज भेरिएन्टले पनि पायाे फाइभ स्टार रेटिङ

टाटा मोटर्सकाे लोकप्रिय इलेक्ट्रिक कार नेक्सन ईभीको ४५ किलोवाट आवर ब्याट्री प्याक भएको लङ रेन्ज भेरिएन्टले भारत एनक्याप क्र्यास टेस्टमा वयस्क तथा बाल दुबै सुरक्षाका लागि ५ स्टार रेटिङ प्राप्त गर्न सफल भएको छ।

क्र्यास टेस्ट क्रममा वयस्क सुरक्षाका लागि ३२ अंकमध्ये २९.८६ अंक र बालबालिकाको सुरक्षाका लागि ४९ अंकमध्ये ४४.९५ अंक प्राप्त भएको हो। फ्रन्टल इम्प्याक्ट परीक्षण ६४ किलोमिटर प्रतिघण्टाको गतिमा गरिएको थियो जसमा अगाडिको सिटमा बस्ने यात्रुहरूको सुरक्षाको मूल्याङ्कन गरिएको थियो। परीक्षण अनुसार चालक र अगाडिको यात्रुको टाउको र घाँटीको सुरक्षा राम्रो पाइयो। चालकको छातीको सुरक्षा सन्तोषजनक रहेकोमा यात्रुको छातीको सुरक्षा राम्रो पाइएको हो।

साइड इम्प्याक्ट परीक्षणमा कारलाई ५० किलोमिटर प्रतिघण्टाको गतिमा साइडबाट ठोक्काइएको थियो। यस परीक्षणमा चालकको टाउको, छाती, पेट र कम्मरको सुरक्षाको लागि उत्कृष्ट स्कोर दिइएको थियो। साइड पोल टेस्टको नतिजा पनि सकारात्मक देखिएको थियो, जसमा शरीरका विभिन्न भागको सुरक्षामा विशेषगरी छातीको सुरक्षा राम्रो पाइएको हो। यी सबै परीक्षणको समग्र प्रदर्शनको आधारमा नेक्सन ईभीले वयस्क सुरक्षामा ३२ मध्ये २९.८६ अंक प्राप्त गर्दै ५ स्टार  मूल्याङ्कन हासिल गरेको हो।

बाल सुरक्षा मूल्याङ्कनमा पनि नेक्सन ईभीले उत्कृष्ट प्रदर्शन गरेको छ। कारले बाल सुरक्षामा ४९ अंकमध्ये ४४.९५ अंक प्राप्त गरेको छ। डायनामिक परीक्षणमा यसले २४ अंकमध्ये २३.९५ अंक प्राप्त गरेको थियो। परीक्षणमा १८ महिनाको बच्चा र ३ वर्षकी बालिकाको डमी समावेश गरिएको थियो। १८ महिनाको बच्चाका लागि अगाडिको सिटमा गरिएको परीक्षणमा ८ अंकमध्ये ७.९५ अंक प्राप्त भएको थियो, भने ३ वर्षकी बालिकाले परीक्षणमा पूर्ण ८ अंक प्राप्त गरेको थियो ।

भारत एनक्यापले यो सुरक्षा मूल्याङ्कन ३० किलोवाट आवर ब्याट्री प्याक भएका मिड रेन्ज भेरिएन्ट -क्रिएटिभ, फियरलेस र एम्पावरमा लागू गर्ने जनाएको छ। त्यस्तै, ४५ किलोवाट आवर ब्याट्री प्याक भएका क्रिएटिभ, फियरलेस, एम्पावर्ड, एम्पावर्ड+ र रेड डार्क संस्करणहरूमा पनि यही मूल्याङ्कन मान्य हुनेछ।

टाटा नेक्सन ईभीमा सेफ्टी फिचरको रूपमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ब्रेक असिस्ट, र रियर पार्किङ सेन्सरसहितको रिभर्स क्यामेरा उपलब्ध छ। यसको टप लाइन भेरिएन्टमा थप रूपमा ३६० डिग्री क्यामेरा, फ्रन्ट पार्किङ सेन्सर, रियर डिस्क ब्रेक र टायर प्रेसर मोनिटरिङ सिस्टमजस्ता विशेष फिचर प्रदान गरिएको छ ।

नेक्सन ईभी अहिलेको बजारमा महिन्द्रा एक्सयूभी४०० र एमजी विन्डसर ईभीसँग प्रतिस्पर्धा गरिरहेको छ। ५ स्टार सुरक्षा रेटिङसहित नयाँ फिचर र सुधारिएको ब्याट्री रेन्जका कारण, सो गाडीले इलेक्ट्रिक कार बजारमा अझै मजबुत पकड बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारहरू

सेप्टेम्बर १४ मा लन्च हुँदै टाटा नेक्सन र नेक्सन ईभी फेसलिफ्ट, टीभीसी सुटको क्रममा देखियो यस्तो

सेप्टेम्बर १४ मा लन्च हुँदै टाटा नेक्सन र नेक्सन ईभी फेसलिफ्ट, टीभीसी सुटको क्रममा देखियो यस्तो

टाटा मोटर्सको सबैभन्दा लोकप्रिय सब फोर मिटर कम्प्याक्ट एसयूभी नेक्सनमा...

टाटा पन्चसँग प्रतिस्पर्धा गर्न हुन्डाईले नयाँ कार लन्च गर्ने

टाटा पन्चसँग प्रतिस्पर्धा गर्न हुन्डाईले नयाँ कार लन्च गर्ने

हुन्डाईले यो वर्ष माइक्रो एसयूभी क्यास्पर लन्च गर्ने तयारी गरिरहेको छ ।...

४० किलोवाट आवर ब्याट्री र लाइफटाइम वारेन्टीसहित नयाँ २०२६ टाटा पन्च ईभी फेसलिफ्ट सार्वजनिक

४० किलोवाट आवर ब्याट्री र लाइफटाइम वारेन्टीसहित नयाँ २०२६ टाटा पन्च ईभी फेसलिफ्ट सार्वजनिक

भारतीय अटो निर्माता कम्पनी टाटा मोटर्सले नयाँ टाटा पन्च ईभी फेसलिफ्ट २०२६...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...