नयाँ वर्षमा ब्रम्बी ईभी किन्दा ३ लाख रुपैयाँ छुट

काठमाडौं–बीएडब्लु ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एलआरआर मोटर्सले आफ्नो मिनि कार ब्रम्बीमा भारी छुट योजना ल्याएको छ । कम्पनीले नयाँ वर्षको अवसरमा २ लाख ९१ हजार नगद छुट दिएर सो कार बिक्री गर्ने जनाएको हो ।

यसअघि २२ लाख ९० हजार रुपैयाँमा बिक्री हुँदै आएको ब्रम्बी ईभीको सिमित स्टकलाई १९ लाख ९९ हजारमै बिक्री थालिएको कम्पनीको भनाई छ ।

बीएडब्लुको ब्रम्बी सिटी कार हो । ३० किलोवाटको मोटर र १७.२८ किलोवाट आवरको ब्याट्री भएको सो सिटी कारले सिंगल चार्जमा २०५ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।

होम एसी चार्जरको सहयोगले चार्ज गर्न सकिने सो कारमा एलएफपी ब्याट्री रहेको छ । यसको लम्बाई, चौडाई र उचाई क्रमशः ३५३२ एमएम, १४९८ एमएम र १६०५ एमएम रहेको छ । यसमा १५५–६५आर१३ साइजको टायर रहेको छ ।

सिम्पल बडी डिजाइन र पर्सनलाइज्ड फ्रन्ट फेस सेप सहितको फेसनेबल एपियरेन्स रहेको बीएडब्लु ब्रम्बी ईभीलाई इको र स्पोर्ट ड्राइभिङ मोडमा चलाउन सकिन्छ । सुरक्षाका अन्तर्गत यसले फ्रन्ट कोलिजन र पोस्ट क्र्यास सेफ्टी सम्बन्धी विभिन्न टेस्टबाट सुरक्षा प्रमाणपत्र पाएको छ ।

यसमा इन्टेलिजेन्ट टायर प्रेसर डिटेक्सन, फ्रन्ट र रियर पार्किङ राडार, ३६० प्यानोरामिक भ्यु र अन्य हाई–टेक सेफ्टी फङसन उपलब्ध छन् । क्याबिनमा अन्य फिचरका अतिरिक्त १०.५ इन्चको इन्फोटेनेमेन्ट स्क्रिन रहेको छ ।

सम्बन्धित समाचारहरू

तीन दिने ‘विद्युतीय सवारी चार्जिङ स्टेशन’ सञ्चालन सम्बन्धी तालिम सम्पन्न

तीन दिने ‘विद्युतीय सवारी चार्जिङ स्टेशन’ सञ्चालन सम्बन्धी तालिम सम्पन्न

काठमाडौँ । नेपाल विद्युत प्राधिकरण तालिम केन्द्रद्वारा आयोजित विद्युतीय...

टीएम१ सिंगल क्याब कार्गो पिकअप ट्रक नेपाल आउने, कम खर्चमा बढी आम्दानी हुने

टीएम१ सिंगल क्याब कार्गो पिकअप ट्रक नेपाल आउने, कम खर्चमा बढी आम्दानी हुने

काठमाडौं – नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लु...

रायमाझी भन्छन् – इकोसिस्टम निर्माण नगरी गाडीमात्र भित्र्याएर हुँदैन

रायमाझी भन्छन् – इकोसिस्टम निर्माण नगरी गाडीमात्र भित्र्याएर हुँदैन

विद्युतीय सवारी (ईभी) अहिले नेपाली अटो बजारमा मेनस्ट्रिम वनिसकेकोे छ । विगत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...