समुद्रको पानीबाट ब्याट्री निर्माण गरिने, कम मूल्यमा २ हजार किमी रेन्ज दिने
बजारमा उपलब्ध इलेक्ट्रिक सवारी साधनको सबैभन्दा ठूलो समस्या भनेको मूल्य र...
काठमाडौं–बीएडब्लु ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एलआरआर मोटर्सले आफ्नो मिनि कार ब्रम्बीमा भारी छुट योजना ल्याएको छ । कम्पनीले नयाँ वर्षको अवसरमा २ लाख ९१ हजार नगद छुट दिएर सो कार बिक्री गर्ने जनाएको हो ।
यसअघि २२ लाख ९० हजार रुपैयाँमा बिक्री हुँदै आएको ब्रम्बी ईभीको सिमित स्टकलाई १९ लाख ९९ हजारमै बिक्री थालिएको कम्पनीको भनाई छ ।
बीएडब्लुको ब्रम्बी सिटी कार हो । ३० किलोवाटको मोटर र १७.२८ किलोवाट आवरको ब्याट्री भएको सो सिटी कारले सिंगल चार्जमा २०५ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।
होम एसी चार्जरको सहयोगले चार्ज गर्न सकिने सो कारमा एलएफपी ब्याट्री रहेको छ । यसको लम्बाई, चौडाई र उचाई क्रमशः ३५३२ एमएम, १४९८ एमएम र १६०५ एमएम रहेको छ । यसमा १५५–६५आर१३ साइजको टायर रहेको छ ।
सिम्पल बडी डिजाइन र पर्सनलाइज्ड फ्रन्ट फेस सेप सहितको फेसनेबल एपियरेन्स रहेको बीएडब्लु ब्रम्बी ईभीलाई इको र स्पोर्ट ड्राइभिङ मोडमा चलाउन सकिन्छ । सुरक्षाका अन्तर्गत यसले फ्रन्ट कोलिजन र पोस्ट क्र्यास सेफ्टी सम्बन्धी विभिन्न टेस्टबाट सुरक्षा प्रमाणपत्र पाएको छ ।
यसमा इन्टेलिजेन्ट टायर प्रेसर डिटेक्सन, फ्रन्ट र रियर पार्किङ राडार, ३६० प्यानोरामिक भ्यु र अन्य हाई–टेक सेफ्टी फङसन उपलब्ध छन् । क्याबिनमा अन्य फिचरका अतिरिक्त १०.५ इन्चको इन्फोटेनेमेन्ट स्क्रिन रहेको छ ।
बजारमा उपलब्ध इलेक्ट्रिक सवारी साधनको सबैभन्दा ठूलो समस्या भनेको मूल्य र...
काठमाडौं– लुयान इलेक्ट्रिक स्कुटरको नेपालका लागी आधिकारिक वितरक जेरो...
काठमाडौं – नेपालका लागि एथर इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक वैद्य...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...