सरकारले ल्याएको प्रतिस्थापन विधेयकले बढायो मोटरसाइकलमा कर, बढ्ने भयो मूल्य
काठमाडौं – सरकारले शुक्रबार ल्याएको प्रतिस्थापन विधेयकमार्फत्...
काठमाडौं – टीभीएसको नयाँ आरटीआर १६० टु भी सार्वजनिक गरिएको छ । टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आज उपत्यकाको सानोभ-याङस्थित शोरुमबाट उक्त बाइक सार्वजनिक गरेको हो ।
जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवाल र मार्केटिङ हेड विक्रम शर्मा पौडेलका साथै कमेडी च्याम्पियन सिजन २ का टप ६ फाइनलिस्टहरुले बाइक सार्वजनिक गरेका थिए । हाल प्रसारण भइरहेको कमेडी च्याम्पियन सिजन २ को टाइटल स्पोन्सर टीभीएस अपाचे सिरिज रहेको छ ।
यसअघिको आरटीआर १६० को तुलनामा यसको ग्राफिक्स र टायर साइज परिवर्तन गरिएको छ । रेस इन्स्पायर्ड ग्राफिक्स साथ बजारमा उत्रिएको यो नयाँ बाइकले टीभीएसको रेस थिमलाई अझै बढी मात्रामा प्रेरित गराएको छ । जसले राइडरलाई हरेक राइडमा फरक अनुभूति प्रदान गर्ने बताइएको छ ।
टीभीएसको यो नयाँ बाइकमा बेस्ट इन क्लास आरटीटआर ओभरस्क्वायर इन्जिन जडान गरिएको छ । १६० सीसी क्षमताको एयरकुल्ड इन्जिन जडान गरिएको यसको अधिकतम पावर ८ हजार आरपीएममा १४.१४ पीएस र टर्क ६७५० आरपीएममा १३.२ एनएम रहेको छ । यसैगरी यसमा बेस्ट इन क्लास एमआईजी सस्पेन्सन सक उपलब्ध गराइएको छ । जसले गर्दा यात्राको दौरान थकानको महशुस गर्नुपर्दैन ।
यो बाइकको अर्काे विशेषता भनेको पछाडि चक्कामा जडान गरिएको चौडा आकारको टायर हो । जसले गर्दा राम्रो ग्रिप सहित सुरक्षाको प्रत्याभूति गराउँछ । यो बाइकमा रेस इन्स्पायर्ड डिजिटल डिस्प्ले, आरामदायी सिट, एलईडी लाइट सहितको आकर्षक हेडल्याम्प र बलियो तथा मजबुत चेसिस जस्ता फिचर्स थप गरिएको छ ।
नयाँ आरटीआर १६० टुभीको ग्राउन्ड क्लियरेन्स १६५ एमएम रहेको छ । यसको अगाडि चक्कामा डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ । म्याट ब्लु, ग्लस रेड, ब्ल्याक र म्याट रेड गरी ४ भिन्न कलरमा उपलब्ध यो बाइकको मूल्य नेपाली बजारमा २ लाख ६९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।
काठमाडौं – सरकारले शुक्रबार ल्याएको प्रतिस्थापन विधेयकमार्फत्...
काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘मनसुन...
बजारमा नयाँ नयाँ ईभी आइरहेका छन् । यो अवस्थामा यसमा प्रयोग हुने ब्याट्री...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...