नेपाली बजारमा अपाचे आरटीआर १६० टुभीको नयाँ भर्सन, ग्राफिक्स र टायर साइजमा परिवर्तन

काठमाडौं – टीभीएसको नयाँ आरटीआर १६० टु भी सार्वजनिक गरिएको छ । टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आज उपत्यकाको सानोभ-याङस्थित शोरुमबाट उक्त बाइक सार्वजनिक गरेको हो ।

जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवाल र मार्केटिङ हेड विक्रम शर्मा पौडेलका साथै कमेडी च्याम्पियन सिजन २ का टप ६ फाइनलिस्टहरुले बाइक सार्वजनिक गरेका थिए । हाल प्रसारण भइरहेको कमेडी च्याम्पियन सिजन २ को टाइटल स्पोन्सर टीभीएस अपाचे सिरिज रहेको छ ।

यसअघिको आरटीआर १६० को तुलनामा यसको ग्राफिक्स र टायर साइज परिवर्तन गरिएको छ । रेस इन्स्पायर्ड ग्राफिक्स साथ बजारमा उत्रिएको यो नयाँ बाइकले टीभीएसको रेस थिमलाई अझै बढी मात्रामा प्रेरित गराएको छ । जसले राइडरलाई हरेक राइडमा फरक अनुभूति प्रदान गर्ने बताइएको छ ।

टीभीएसको यो नयाँ बाइकमा बेस्ट इन क्लास आरटीटआर ओभरस्क्वायर इन्जिन जडान गरिएको छ । १६० सीसी क्षमताको एयरकुल्ड इन्जिन जडान गरिएको यसको अधिकतम पावर ८ हजार आरपीएममा १४.१४ पीएस र टर्क ६७५० आरपीएममा १३.२ एनएम रहेको छ । यसैगरी यसमा बेस्ट इन क्लास एमआईजी सस्पेन्सन सक उपलब्ध गराइएको छ । जसले गर्दा यात्राको दौरान थकानको महशुस गर्नुपर्दैन ।

यो बाइकको अर्काे विशेषता भनेको पछाडि चक्कामा जडान गरिएको चौडा आकारको टायर हो । जसले गर्दा राम्रो ग्रिप सहित सुरक्षाको प्रत्याभूति गराउँछ । यो बाइकमा रेस इन्स्पायर्ड डिजिटल डिस्प्ले, आरामदायी सिट, एलईडी लाइट सहितको आकर्षक हेडल्याम्प र बलियो तथा मजबुत चेसिस जस्ता फिचर्स थप गरिएको छ ।

नयाँ आरटीआर १६० टुभीको ग्राउन्ड क्लियरेन्स १६५ एमएम रहेको छ । यसको अगाडि चक्कामा डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ । म्याट ब्लु, ग्लस रेड, ब्ल्याक र म्याट रेड गरी ४ भिन्न कलरमा उपलब्ध यो बाइकको मूल्य नेपाली बजारमा २ लाख ६९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

यी बाइकमा छ एबीएस : वर्षामा चलाउदा बाइक चिप्लने खतरा हुन्छ कम

यी बाइकमा छ एबीएस : वर्षामा चलाउदा बाइक चिप्लने खतरा हुन्छ कम

एबीएस अर्थात एन्टी लक ब्रेकिङ सिस्टम नभएको बाइक ड्राइभ गर्नु खतरनाक हुन्छ...

सबैभन्दा धेरै आईक्युब स्कुटर बिक्री गरेर युनिराइड अटोले जित्यो अवार्ड

सबैभन्दा धेरै आईक्युब स्कुटर बिक्री गरेर युनिराइड अटोले जित्यो अवार्ड

काठमाडौं–नेपालमा टीभीएस आईक्युब बिक्रीको २ वर्ष पुरा भएको छ । टीभीएसको...

एनटर्क १२५ रेस एक्सपिले नेपालमा पायो २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्ड

एनटर्क १२५ रेस एक्सपिले नेपालमा पायो २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्ड

काठमाडौं– टिभिएस एनटर्क रेस एक्सपि २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...