ईभी भर्सनमा समेत उपलब्ध हुने नयाँ हाइलक्सको पावरट्रेन सार्बजनिक, कहिले हुँदैछ लन्च ?

टोयोटाले आफ्नो लोकप्रिय पिकअप हाइलक्सको नयाँ जेनेरेशनबारे केही महत्वपूर्ण जानकारी बाहिर ल्याएको छ । कम्पनीले नयाँ पिकअपको ईभी र आइसिई भर्सनमा उपलब्ध फिचर, पावरट्रेन र डिजाइन सार्बजनिक गरेको हो ।

नवौं जेनेरेशनको हाइलक्सलाई टोयोटाले ब्रान्डको आईएमभी बडी–अन–फ्रेममा तयार पारेको छ । सो नयाँ फ्रेममा तयार भएको पहिलो टोयोटा मोडलका रुपमा लन्च हुँदै गरेको हाइलक्स अव ५९.२ किलोवाट आवरको ब्याट्री प्याकसहित ईभी भर्सनमा समेत उपलब्ध हुनेछ ।

हाइलक्स ईभीको पेलोड क्षमता ७१५ किलोग्राम हुनेछ भने डब्लुएलटिपी रेन्ज २४० किलोमिटर दाबी गरिएको छ । कम्पनीले यस ईभीमा वेस्ट इन क्लास चार्जिङ सुविधा उपलब्ध हुने जनाएको छ ।

त्यसैगरी, यसको पेट्रोलियम(आईसिई) भेरिएन्टमा हालकै २.७ लिटर पेट्रोल र २.८ लिटर डिजेल इन्जिनले निरन्तरता पाउने जनाइएको छ । गाडीमा ४८ भोल्ट माइल्ड हाइब्रिड सेटअप समेत उपलब्ध हुनेछ । यसको पेलोड क्षमता १ टन भन्दा बढी दाबी गरिएको छ ।

हाइलक्सको दुबै भर्सनमा थ्री स्पोक स्टेरिङ ह्विल, १२.३ इन्चको डुअल डिस्प्ले, वायरलेस चार्जिङ प्याड, ब्लाइन्ड स्पट मोनिटर, रियर युएसबी चार्जिङ पोर्ट, कनेक्टेड कार टेक्नोलोजी, भेन्टिलेटेड फ्रन्ट सिट, मल्टि टेरिएन एण्ड ३६० डिग्री मोनिटर, ओटिए अपडेट, सेफ एक्जिस्ट एसिस्ट र ड्राइभर मोनिटरिङ लगायत अन्य थुप्रै विशेषता उपलब्ध हुनेछन् । सुरक्षाका लाग यसमा टोयोटा सेफ्टि सेन्स एडास स्विट पाइने छ ।

टोयोटाले नयाँ जेनेरेशन हाइलक्सको ईभी भर्सनलाई आगामी डिसेम्वरमा ग्लोवल लन्च गर्ने तयारी गरेको छ भने आईसिई भर्सनलाई २०२६ को मध्येबाट बिक्री थाल्ने योजना बनाएको छ ।

हाइलक्स नेपाली बजारमा समेत बिक्री हुने प्रिमियम पिकअप हो । टोयोटाको आधिकारिक वितरक युनाईटेड ट्रेडर्स सिन्डिकेट प्रालिले बिक्री गर्दै आएको यस पिकअपको नयाँ जेनेरेशन अन्तराष्ट्रिय बजारमा उपलब्ध हुन थालेसंगै नेपाली बजारमा समेत उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

टोयोटाले किन फिर्ता बोलायो १ लाख ६८ हजार कार ? यस्तो छ कारण

टोयोटाले किन फिर्ता बोलायो १ लाख ६८ हजार कार ? यस्तो छ कारण

जापनी कार निर्माता टोयोटाले आफ्ना उत्पादनमा समस्या देखिएपछि कार फिर्ता...

डिसेम्बरमा टाटा मोटर्स उक्लियो दोस्रो स्थानमा (शीर्ष १० कम्पनीको सूची र बिक्री संख्या)

डिसेम्बरमा टाटा मोटर्स उक्लियो दोस्रो स्थानमा (शीर्ष १० कम्पनीको सूची र बिक्री संख्या)

डिसेम्बर २०२१ को अन्त्यसँगै भारतीय बजारमा कार निर्माताहरूले आफ्नो...

सानो ल्यान्ड क्रुजर आउँदै

सानो ल्यान्ड क्रुजर आउँदै

काठमाडौं– टोयोटाले आफ्नो लोकप्रिय एसयूभी ल्यान्ड क्रुजरलाई सानो आकारमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...