यस्ता छन् १०० किलोवाट क्षमताका साथ भित्रिएको बीवाईडी एट्टो ३ का विशेषता
सरकारले मोटर क्षमताको आधारमा भन्सार र अन्तःशुल्क दर निर्धारण गरेपछि १००...
बजाज अटोले कस्मेटिक परिवर्तन र मेकानिकल अपडेटसहित चेतक इलेक्ट्रिक स्कुटर भारतमा लन्च गर्ने भएको छ । अब यसमा ठूलो ब्याट्री प्याकको विकल्प हुनेछ, जसका कारण स्कुटरको रेन्ज १२७ किलोमिटरसम्म हुनेछ ।
रिपोर्टका अनुसार कम्पनीले अपडेटेड चेतक इलेक्ट्रिक स्कुटर जनवरी ५ मा लन्च गर्ने तयारी गरिरहेको छ । नयाँ इलेक्ट्रिक स्कुटर चेतकको प्रिमियम भेरिएन्ट हुनेछ । नयाँ बजाज चेतकको इलेक्ट्रिक मोटर पनि अपडेट गरिएको छ ।
इलेक्ट्रिक बजाज चेतकमा ३.२ किलोवाटको ठूलो ब्याट्री प्याक हुनेछ, जसले सिंगल चार्जमा १२७ किलोमिटरको रेन्ज दिनेछ । यसको टप स्पिड ७३ किलोमिटर प्रति घन्टा हुनेछ । नयाँ ब्याट्री ० देखि १०० प्रतिशत चार्ज हुन ४ः३० घण्टा समय लाग्नेछ ।
नयाँ इलेक्ट्रिक स्कुटरमा हालको राउण्ड एलसीडी युनिटको सट्टामा नयाँ टीएफटी स्क्रिनद्वारा प्रतिस्थापन गरिनेछ । सो एड्भान्स डिस्प्लेमा टर्न बाई टर्न नेभिगेसन, टायर प्रेसर मनिटरिङ सिस्टम, रिमोट लक÷अनलक, ब्लुटुथ कनेक्टिभिटी जस्ता फिचर हुने अपेक्षा गरिएको छ । साथै, यसको सिटको मुनि भण्डारण क्षमता १८ लिटरबाट २१ लिटरमा बढाइएको छ ।
नयाँ इलेक्ट्रिक चेतक स्कुटरको लन्चिङ पछि यसले ओला इलेक्ट्रिक, एथर इनर्जी र हिरोको इलेक्ट्रिक स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ । यसको मूल्य हालको मोडलको मूल्य भन्दा बढी हुनेछ ।
सरकारले मोटर क्षमताको आधारमा भन्सार र अन्तःशुल्क दर निर्धारण गरेपछि १००...
बजाज अटोले डोमिनार ४०० को फेसलिफ्ट भर्सन ल्याउने भएको छ । पल्सर एनएस ४००...
काठमाडौं – ओमेगा सेक्की मोबिलिटी (ओएसएम) को आधिकारिक वितरकको रुपमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...