नयाँ टीएफटी डिस्प्ले सहित दुई दिन पछि लन्च हुँदै बढी रेन्जको बजाज चेतक इलेक्ट्रिक स्कुटर

बजाज अटोले कस्मेटिक परिवर्तन र मेकानिकल अपडेटसहित चेतक इलेक्ट्रिक स्कुटर भारतमा लन्च गर्ने भएको छ । अब यसमा ठूलो ब्याट्री प्याकको विकल्प हुनेछ, जसका कारण स्कुटरको रेन्ज १२७ किलोमिटरसम्म हुनेछ ।

रिपोर्टका अनुसार कम्पनीले अपडेटेड चेतक इलेक्ट्रिक स्कुटर जनवरी ५ मा लन्च गर्ने तयारी गरिरहेको छ । नयाँ इलेक्ट्रिक स्कुटर चेतकको प्रिमियम भेरिएन्ट हुनेछ । नयाँ बजाज चेतकको इलेक्ट्रिक मोटर पनि अपडेट गरिएको छ ।

इलेक्ट्रिक बजाज चेतकमा ३.२ किलोवाटको ठूलो ब्याट्री प्याक हुनेछ, जसले सिंगल चार्जमा १२७ किलोमिटरको रेन्ज दिनेछ । यसको टप स्पिड ७३ किलोमिटर प्रति घन्टा हुनेछ । नयाँ ब्याट्री ० देखि १०० प्रतिशत चार्ज हुन ४ः३० घण्टा समय लाग्नेछ ।

नयाँ इलेक्ट्रिक स्कुटरमा हालको राउण्ड एलसीडी युनिटको सट्टामा नयाँ टीएफटी स्क्रिनद्वारा प्रतिस्थापन गरिनेछ । सो एड्भान्स डिस्प्लेमा टर्न बाई टर्न नेभिगेसन, टायर प्रेसर मनिटरिङ सिस्टम, रिमोट लक÷अनलक, ब्लुटुथ कनेक्टिभिटी जस्ता फिचर हुने अपेक्षा गरिएको छ । साथै, यसको सिटको मुनि भण्डारण क्षमता १८ लिटरबाट २१ लिटरमा बढाइएको छ ।

नयाँ इलेक्ट्रिक चेतक स्कुटरको लन्चिङ पछि यसले ओला इलेक्ट्रिक, एथर इनर्जी र हिरोको इलेक्ट्रिक स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ । यसको मूल्य हालको मोडलको मूल्य भन्दा बढी हुनेछ ।

सम्बन्धित समाचारहरू

हुन्डाई कोनाको न्यूनतम रिसेल मूल्य ४० लाख तय, यस्तो छ ४ वर्षअघि र हालको मुल्यमा अन्तर

हुन्डाई कोनाको न्यूनतम रिसेल मूल्य ४० लाख तय, यस्तो छ ४ वर्षअघि र हालको मुल्यमा अन्तर

हुन्डाईको लोकप्रिय इलेक्ट्रिक क्रसओभर कोनाको न्यूनतम रिसेल मूल्य ४० लाख...

गोविन्द भट्टराईको विचार : ई–भेइकल निकट भविष्य होइन, सुदूर भविष्य हो

गोविन्द भट्टराईको विचार : ई–भेइकल निकट भविष्य होइन, सुदूर भविष्य हो

आजको मुख्य वातावरणीय मुद्दा र समाधान पनि हो विद्युतीय सवारी साधन अर्थात...

के चेरी क्यूक्यू३ इलेक्ट्रिक एसयूभी भारत लन्च होला ? डिजाइन पेटेन्टले बढायो चासो

के चेरी क्यूक्यू३ इलेक्ट्रिक एसयूभी भारत लन्च होला ? डिजाइन पेटेन्टले बढायो चासो

चिनियाँ अटोमोबाइल निर्माता चेरीले आफ्नो बहुप्रतीक्षित क्यूक्यू३...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...