ट्याक्सीको लागि नयाँ मापदण्ड तयार हुँदै, यस्तो हुनेछन् अवका साधारण र विशेष ट्याक्सी

काठमाडौं – संघीय सरकारले ट्याक्सीको लागि नयाँ मापदण्ड निर्माण लगभग अन्तिम चरणमा पु¥याएको छ। यातायात व्यवस्था विभागले उक्त नयाँ मापदण्डको ड्राफ्ट तयार पारिरहेको छ। विभागले अहिले उक्त ड्राफ्टमा सबै स्टेक होल्डरसँग छलफल गरिरहेको जनाएको छ। यस्तै विभागले सम्बन्धित निकायसँग पनि रायसुझाव माग गरेको छ।

लक्जरियस ट्याक्सीले सामान्य ट्याक्सीको भन्दा १०० प्रतिशत भाडा बढी लिन पाउने व्यवस्था नयाँ मापदण्ड २०७९ मा समावेश छ।

उक्त ड्राफ्टमा विशेष वर्गको ट्याक्सीको भाडादर साधारण वर्गको ट्याक्सीको लागि तोकेको भाडादर भन्दा २० प्रतिशत बढी हुने उल्लेख छ। यस्तै, विशिष्ट अर्थात लक्जरियस ट्याक्सीको भाडादर साधारण वर्गको भन्दा १०० प्रतिशत बढी हुने उल्लेख छ। यो अहिले तयार पारिदै गरिएको ड्राफ्टमा समावेश गरिएका मापदण्डहरु हुन्।

विशिष्ट ट्याक्सीमा इन्जिन क्षमता २ हजार सीसी वा सो भन्दा माथिका हुनुपर्ने छ। यस्तै, विशिष्ट विद्युतीय ट्याक्सीको हकमा १०० किलोवाटको मोटर हुनु पर्नेछ। मोटर टर्क १७० एनएम वा सोभन्दा माथि हुनुपर्नेछ। यसैगरी, ह्विलबेस २७०० एमएमभन्दा माथि र बुट स्पेस अर्थात मालसामान राख्ने क्षमता ४०० लिटरभन्दा माथि हुनुपर्नेछ।

यस्तै अन्य सुविधाहरुमा मनोरन्जनको लागि अगाडि र पछाडि साउन्ड सिस्टम, पछाडिको सिटमा पनि २ वटा टचस्क्रिन डिस्प्ले, इलेक्ट्रिक स्व्चिर विन्डो, तातो चिसो दुबै आउने एसी, सिटमा हेडरेष्ट र आर्मरेष्ट, कप होल्डर, रिडिङ ल्याम्प, मोबाइल र ल्यापटप चार्ज गर्न डीसी र एसी चार्जर, वाइफाई, अगाडिको हेडरुम १ हजार एमएम र पछाडिको हेडरुम ९५० एमएम तथा अगाडिको लेगरुम १ हजार एमएम र पछाडिको लेगरुम ९०० एमएमको हुनुपर्ने छ।

यी सबै सुविधा भएका लक्जरियस ट्याक्सीले मात्र साधारण ट्याक्सीको भन्दा १०० प्रतिशत भाडा लिन पाउनेछन्। यसका लागि साधारणलाई ’ओ’, विशेषलाई ’डी’ र विशिष्टलाई ’एल’ संकेत चिन्ह प्रदान गरिनेछ। यस्तै सवारी खाली हुदा हरियो, खाली नहुदा रातो र अफ ड्युटी हुदा सेतो बत्ति बाल्ने व्यवस्था गरिनेछ।

केन्द्र सरकारले ट्याक्सी संचालनको नयाँ मापदण्ड २०७९ बनाउने काम लगभग अन्तिम चरणमा पुर्याएको छ। अहिले नेपालमा प्रदेशहरुले बनाएका मापदण्डका आधारमा मात्र ट्याक्सीहरु संचालन भइरहेका छन्। केन्द्र सरकारसँग अहिले ट्याक्सी संचालनको मापदण्ड छैन।

सरकारले तयार पारिरहेको यो नयाँ मापदण्डले नेपालीभरीको लागि काम गर्छ। प्रदेशहरुले बनाएको मापदण्ड एउटा प्रदेशमा मात्र मान्य हुन्छ। प्रदेशले आफ्नै नीति तथा व्यवस्था अनुसार आफ्नो क्षेत्रमा संचालन हुने ट्याक्सीको लागि मापदण्ड निर्माण गरेका छन्।

यस्तो हुनेछ नयाँ मापदण्ड
नयाँ मापदण्डअनुसार नयाँ ट्याक्सीमा सेन्ट्रल लकिङ, एयर कन्डिसनर (एसी), डिजिटल मिटरसहितको प्रिन्टर, हाइस्पिड अलर्ट, रियर पार्किङ सेन्सर, एबिएस सिस्टम, एलईडी स्क्रीनसहितको जीपीएस नेभिगेसन सिस्टम अनिवार्य गरिएको छ। एसीसहितका फिचर्स थपिँदा नयाँ ट्याक्सीको मूल्य निकै बढ्नेछ। फोर स्ट्रोकसहित ३ सिलिन्डर इन्जिनको सेडान गाडीमात्रै ट्याक्सी हुन सक्छ।

यस्तै विद्युतीय ट्याक्सीको हकमा साधारणमा ३० किलोवाट, विशेषमा ५० किलोवाट र विशिष्टमा १०० किलोवाट क्षमताको मोटर हुनुपर्ने छ। साथै साधारणमा ६० न्युनटन मिटर, विशेषमा ८० न्युटन मिटर र विशिष्टमा १७० न्युटनमिटर टर्क उत्पादन गर्ने हुनुपर्छ। यस्तै ह्विलबेस क्रमशः २३००, २४०० र २७०० हुनुपर्नेछ। साथै बुट स्पेस क्रमश १६०, २०० र ४०० लिटर सामान अट्ने चाहिन्छ।

यसैगरी, पेट्रोल ट्याक्सीमा इन्जिन क्षमता साधारणमा ८०० सीसी, विशेषमा १२०० सीसी र विशिष्टमा २००० सीसी चाहिन्छ।

सम्बन्धित समाचारहरू

क्लासिक ह्विल्सले ग्यारो डीटी ६० का लागि ग-यो विशेष कार्यक्रम, इन्फ्लुएन्सर च्यालेन्ज र जिमखाना गर्ने घोषणा

क्लासिक ह्विल्सले ग्यारो डीटी ६० का लागि ग-यो विशेष कार्यक्रम, इन्फ्लुएन्सर च्यालेन्ज र जिमखाना गर्ने घोषणा

काठमाडौं – नेपालका लागि ग्यारो ब्रान्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक...

यस्तो हुनेछ यूरोपमा बिक्री हुने सिट्रोन ईसी–३, स्टायल र पावरट्रेन पुरै फरक हुने

यस्तो हुनेछ यूरोपमा बिक्री हुने सिट्रोन ईसी–३, स्टायल र पावरट्रेन पुरै फरक हुने

फ्रेन्च अटो निर्माता सिट्रोनले युरोपेली बजारमा बिक्री हुने ईसी–३ बारे...

एमजीको सस्तो इलेक्ट्रिक कार कमेट नयाँ फिचरसहित लन्च

एमजीको सस्तो इलेक्ट्रिक कार कमेट नयाँ फिचरसहित लन्च

एमजी मोटर्सले भारतको सबैभन्दा सस्तो इलेक्ट्रिक कार एमजी कमेटको नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...