नयाँ टाटा सफारी अब नेपालमा, १ करोड २२ लाख मूल्यको एसयूभीमा यस्ता छन् फिचर

काठमाडौं - टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले प्रिमियम एसयूभी नयाँ टाटा सफारीे नेपाली अटो बजारमा सार्वजनिक गरेको छ ।

७ सिट क्षमताको यस गाडी आरामदायी, उत्कृष्ट कार्यक्षमता र अत्याधुनिक प्रविधिको बेजोड सम्मिश्रण हो । शक्तिशाली एवं आकर्षक एसयूभी रुचाउने ग्राहकहरुलाई नयाँ सफारीले आकर्षित गर्ने कम्पनीले जनाएको छ ।

नयाँ टाटा सफारीको नेपालमा विक्री वितरण बारे सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ भन्छन्, “हामी नेपाली बजारमा प्रिमियम फ्लैगशिप एसयूभी नयाँ सफारीको विक्री वितरण गर्न पाउँदा अत्यन्त हर्षित भएका छौं । ल्याण्ड रोभरको डिड प्लेटफर्ममा आधारित ओमेगाआर्क आर्किटेक्चरमा तयार पारिएको यस गाडीको डिजाईन कार्य क्षमताको दृष्टिकोणले उत्कृष्ट छ । नेपाली ग्राहकहरुको बदलिंदो आकांक्षा एवं जीवनशैलीसंग मेल खाने यस गाडी, लक्जरी ७ सिटर खोजिरहनु भएको ग्राहकहरुको पहिलो रोजाईमा पर्नेमा हामी विश्वस्त छौं ।”

कम्पनीका अनुसार नयाँ टाटा सफारीमा डुअल–जोन पूर्ण स्वचालित एयर कन्डिसनिङ, मेमोरी र वेलकम सुविधा सहित ६ वटा तरिकाले समायोजन गर्न मिल्ने ड्राइभर सिट र अगाडि भेन्टिलेटेड सिट जस्ता विशेषताहरु उपलब्ध रहेका छन् ।

त्यसैगरी, टाटा सफारीको यस नयाँ मोडेलमा १२.३० इन्चको हर्मन टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ९ वटा जेबिएल स्पिकर (४ स्पिकर + ४ ट्वीटर + सबउफर), मुड लाइटिङसहितको भ्वाइस असिस्टेड प्यानोरामिक सनरूफ र ११ वटा प्रमुख विशेषता सहितको एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) लगायतका सुविधाहरु यस गाडीमा उपलब्ध छन् । सुरक्षामा ग्लोबल एनक्यापबाट ५ स्टार रेटिङ प्राप्त गरेको नयाँ टाटा सफारी नेपाली बाटोको लागि सुरक्षित रहेको सिप्रदीले जनाएको छ ।

यस्तै, ३६०ं को सराउन्ड भ्यु सिस्टम, वायरलेस चार्जर, अटो होल्ड फिचर सहितको इलेक्ट्रोनिक पार्क ब्रेक, जेस्चर कन्ट्रोल्ड पावर्ड टेलगेट, ७ वटा एयरब्याग रहेको नयाँ टाटा सफारीको शुरुवाती मूल्य १ करोड २१ लाख ९९ हजार रहेको छ ।

सिप्रदीको नेपालभर रहेका टाटा मोटस्का शोरुमहरु मार्फत नयाँ सफारी अवलोकन तथा टेस्ट ड्राइभको लागि उपलब्ध रहेको छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा सार्वजनिक हुने तयारीमा एसयूभी कुपे डिजाइनको टाटा कर्भ ईभी, के हो एसयूभी कुपे ?

नेपाली बजारमा सार्वजनिक हुने तयारीमा एसयूभी कुपे डिजाइनको टाटा कर्भ ईभी, के हो एसयूभी कुपे ?

काठमाडौं । टाटा मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी कुपे कर्भ ईभी आगामी...

टाटा सिएरा ईभी संस्करणमा आउने

टाटा सिएरा ईभी संस्करणमा आउने

टाटा मोटर्सले मिड साइज एसयूभी टाटा सिएराको ईभी भेरिएन्ट छिट्टै बजारमा...

भैरहवाको पडसरीमा टाटा मोटर्स कार शोरुम

भैरहवाको पडसरीमा टाटा मोटर्स कार शोरुम

भैरहवा – टाटा मोटर्सले भैरहवाको पडसरीस्थित स्थित सिप्रदीको आधिकारिक डिलर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...