बाढी पीडितलाई सिप्रदीयन सहायता संस्थाद्वारा पनौतीमा राहत वितरण
सिप्रदीको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाले काभ्रेपलान्चोक...
टाटा मोटर्सले भारतीय बजारमा प्रिमियम ह्याचब्याक सेगमेन्टमा पहिलो कार अल्ट्रोज रेसर लन्च गरेको छ । यसमा ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ, भेन्टिलेटेड सिट र भ्वाइस असिस्टेन्ट इलेक्ट्रिक सनरुफ समावेश गरिएको छ ।
सो एसयूभी पुरानो मोडलको स्पोर्टी संस्करण हो, जसलाई आर१, आर२ र आर३ गरी ३ भेरिएन्टमा पेश गरिएको छ । बजारमा टाटा अल्ट्रोज रेसरले हुन्डाई आई२० एन लाइनसँग प्रतिस्पर्धा गर्नेछ।
नयाँ अल्ट्रोज रेसरमा नयाँ ग्रिल र ड्युअल टिप एग्जस्ट समावेश गरिएको छ। साथै यसमा हुडदेखि छतको छेउसम्म ड्युअल ह्वाइट स्ट्राइप दिइएको छ । यसको लम्बाइ ३९९० एमएम, उचाइ १५२३ एमएम, चौडाइ १७५५ एमएम र ह्विलबेस २५०१ एमएम छ ।
फिचरको बारेमा कुरा गर्दा अल्ट्रोज रेसरमा १०.२५ इन्चको टचस्क्रिन, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, नयाँ ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, भेन्टिलेटेड फ्रन्ट सिट, हेड्स अप डिस्प्ले, भ्वाइस कमाण्ड सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल र वायरलेस फोन चार्जिङ जस्ता फिचर समावेश गरिएको छ ।
सेफ्टीका लागि ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, क्रुज कन्ट्रोल, पार्किङ सेन्सर, टायर प्रेसर मोनिटरिङ सिस्टम, चाइल्ड आईओफिक्स एंकर सिट, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, हिल असिस्ट कन्ट्रोल र सबैका लागि सिट बेल्ट रहेको छ । साथै यात्रुहरूलाई रिमाइन्डरसहितको थ्री पोइन्ट सिट बेल्ट जस्ता सुविधा उपलब्ध छ ।
स्ट्यान्डर्ड अल्ट्रोजमा ११०एचपी पावरसँग १.२ लिटर रेभोट्रोन टर्बो पेट्रोल इन्जिन जडान गरिएको छ। रेसरमा १.२ लिटर टर्बो पेट्रोल इन्जिन पनि समावेश छ, जसले १० एचपी पावर र ३० एनएम टर्क जेनेरेट गर्छ । यसमा नयाँ ६ स्पिड म्यानुअल गियरबक्स र ७ स्पिड ड्युअल क्लच अटोमेटिक ट्रान्समिसनको विकल्प पनि दिइएको छ ।
सिप्रदीको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाले काभ्रेपलान्चोक...
काठमाडौं – टाटा जेन्युइन पाट्र्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट...
टाटा मोटर्सले भारतमा कर्भको इलेक्ट्रिक संस्करण लन्च गर्ने भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...