टाटा सिएरा ईभी संस्करणमा आउने

टाटा मोटर्सले मिड साइज एसयूभी टाटा सिएराको ईभी भेरिएन्ट छिट्टै बजारमा ल्याउने तयारी गरिरहेको छ । हालै कम्पनीले टाटा सिएराको पेट्रोल र डिजेल इन्जिनसहित लन्च गरिसकेको छ । यसमा दुई पेट्रोल र एक डिजेलसहित कुल तीन इन्जिन विकल्पहरू उपलब्ध छन् ।

कम्पनीले भविष्यमा अफ-रोडिङ क्षमतासहितको सिएरा संस्करण उपलब्ध गराउने संकेत दिएको छ, जसले विभिन्न प्रकारका सडक तथा अवस्था सहज रूपमा सामना गर्न मद्दत गर्नेछ। टाटाको भनाइअनुसार सो एसयूभी केवल आईसीई संस्करणमै सीमित रहने छैन, यसलाई ईभी भेरिएन्टमा पनि ल्याइने तयारी भइरहेको छ।

टाटा सिएरा ईभीमा ५५ किलोवाट र ६५ किलोवाट ब्याट्री प्याकको विकल्प हुने अनुमान गरिएको छ । साथै, एक पटक फुल चार्जमा सो एसयूभीले करिब ५०० किलोमिटरको रेन्ज प्रदान गर्ने अपेक्षा गरिएको छ । कम्पनीले यसमा रियर ह्विल ड्राइभका साथै अल ह्विल ड्राइभ विकल्प पनि उपलब्ध गराउन सक्ने सम्भावना व्यक्त गरिएको छ।

हालको लागि यसको मूल्यका विषयमा आधिकारिक रुपमा केही जानकारी सार्वजनिक गरिएको छैन । तर रिपोर्टका अनुसार टाटा सिएरा ईभीकाे मूल्य करिब १८ देखि १९ लाख भारुको बीचमा हुने अनुमान गरिएको छ। टाटाले यस सम्बन्धी विस्तृत जानकारी तथा आधिकारिक मूल्य भने लन्चको समयमा मात्रै खुलाउने जनाएको छ।

सम्बन्धित समाचारहरू

भारतको सबैभन्दा उच्च स्थानमा इलेक्ट्रिक चार्जिङ स्टेसनको स्थापना

भारतको सबैभन्दा उच्च स्थानमा इलेक्ट्रिक चार्जिङ स्टेसनको स्थापना

हिमाचल प्रदेशको लाहौल–स्पीति जिल्लाको काजामा विश्वको सबैभन्दा अग्लो...

हुन्डाईले ल्यायो विशेष एक्सचेन्ज अफर, नयाँ हुन्डाई क्रेटा ईभी घर लैजाने अवसर

हुन्डाईले ल्यायो विशेष एक्सचेन्ज अफर, नयाँ हुन्डाई क्रेटा ईभी घर लैजाने अवसर

काठमाडौं – हुन्डाई नेपालले “अपग्रेड टु द पर्फेक्ट ईभी” नामक नयाँ अभियान...

ईभी पिकअपमा बढ्यो १० गुणाले भन्सार, स्वरोजगार बन्न खोज्नेहरु निरुत्साहित

ईभी पिकअपमा बढ्यो १० गुणाले भन्सार, स्वरोजगार बन्न खोज्नेहरु निरुत्साहित

काठमाडौं – आगामी आर्थिक वर्षको बजेट निर्माणको क्रममा अर्थमन्त्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...