कोरला नाकाबाट आउँदै ओमोडा र जेइकोका गाडी, देशभर डेलिभरी सुरु हुने
काठमाडौं – नेपालमा ओमोडा र जेइकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स...
काठमाडौं– सरकारले विद्युतीय सवारीसाधनमा लाग्दै आएको अन्तःशुल्क खारेज गरेर नयाँ शिर्षकमा कर थप गरेको छ । नयाँ बजेटसँगै आएको आर्थिक विधेयक २०८३ मार्फत अन्तःशुल्क खारेज गरेर स्वच्छ पूर्वाधार कर लगाइएको हो ।
सरकारले सबै प्रकारका विद्युतीय कारमा २० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था गरेको छ । भन्सारमा घोषणा गरिएको सीआईएफ भ्यालुमा २० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरिएको हो ।
त्यसैगरी, पैठारी मूल्यका आधारमा ११० प्रतिशतसम्म स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्ने व्यवस्था गरिएको छ । भन्सारमा कायम गरिएको कारोबार मूल्य २० लाखसम्म पर्ने ईभीमा २.५ प्रतिशतमात्र स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्ने आर्थिक विधेयकमा उल्लेख गरिएको छ ।
३० लाखभन्दा बढी ४० लाखसम्मका ईभीमा थप १५ प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्नेछ भने ४० लाखभन्दा बढी ५० लाखसम्मका ईभी आयात गर्दा थप ७० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्नेछ ब्यवस्था गरिएको छ ।
साथै, ५० लाखभन्दा बढी मूल्य पर्ने इभीमा थप ११० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्ने व्यवस्था गरिएको छ । यस्तो शुल्क भन्सार महसुल लिने प्रयोजनको लागि निर्धारण गरिएको कारोबार मूल्यमा भन्सार महसुलसमेत थप गरी कायम हुन आएको मूल्यमा लगाइने जनाइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...