अव जहाँवाट पनि लाइसेन्सको परिक्षा दिन मिल्ने

यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन पुनः सुरु गर्ने तयारी अघि बढाएको छ । विभागका अनुसार नयाँ प्रणालीमा आधारित रहेर एक साताभित्रै आवेदन खुला गर्नेगरी तयारी अघि बढाइएको हो ।

नयाँ प्रणालीले जुनसुकै स्थानमा रहेका मानिसले देशको जुनसुकै यातायात कार्यालयबाट सेवा प्राप्त गर्न सक्ने सुविधा उपलब्ध गराउने सरकारी दाबी छ । प्रविधिमा आधारित नयाँ प्रणाली प्रयोगमा आएसँगै सेवाग्राहीले सहज रूपमा सेवा प्राप्त गर्ने विभागको भनाइ छ ।

लामो समयदेखि व्यवस्थित स्मार्ट लाइसेन्स वितरण गर्न नसकेको आरोप खेपिरहेको विभागले गत चैत महिनाबाट आवेदन प्रणाली बन्द गरेको थियो । सरकारले स्मार्ट लाइसेन्स जारी गरेपछि माग र आपूर्तिबीच सन्तुलन कायम गर्न नसक्दा पछिल्ला केही वर्षदेखि सवारीचालक अनुमतिपत्र प्राप्त गर्न निकै कठिनाइ भोग्नुपरेको सर्वसाधारणहरूको अनुभव छ ।

विभागका अनुसार अब सेवाग्राहीले आवेदनसँग सम्बन्धित लगभग सबैजसो कार्य अनलाइन प्रणालीबाटै गर्न पाउने छन् ।यसले यातायात कार्यालयहरूमा देखिने सेवाग्राहीहरूको भिड कम गर्ने अपेक्षा गरिएको छ ।

आवेदन दिएको १५ दिनभित्रमा पालो आउनेगरी व्यवस्था मिलाइएको र अनलाइनबाटै शुल्क तिर्न सकिने व्यवस्था मिलाउन लागिएको विभागले जनाएको छ । नयाँ प्रणाली प्रयोगमा ल्याइएसँगै दर्ता भएका चिकित्सकले परीक्षण गरेर उपलब्ध गराउने स्वास्थ्य सम्बन्धी रिपोर्ट पनि अनलाइन अप्लोड गर्न सकिने बताइएको छ ।

सम्बन्धित समाचारहरू

फागुनसम्म ३४ लाख ६६ हजारले लिए सवारी चालक अनुमति पत्र

फागुनसम्म ३४ लाख ६६ हजारले लिए सवारी चालक अनुमति पत्र

काठमाडौँ – चालू आर्थिक वर्ष ०८०/८१ काे फागुनसम्म ३४ लाखभन्दा बढी सवारी...

यसरी हुँदैछ तीन दिनमै लाइसेन्स दिनका लागि आवश्यक तयारी

यसरी हुँदैछ तीन दिनमै लाइसेन्स दिनका लागि आवश्यक तयारी

काठमाडौं – यातायात व्यवस्था विभागले लाइसेन्स लिन चाहनेहरुका लागि तीन...

सवारी चालक अनुमति पत्र १० वर्षमा नवीकरण गर्न सकिने

सवारी चालक अनुमति पत्र १० वर्षमा नवीकरण गर्न सकिने

सवारी चालक अनुमति पत्र अर्थात स्मार्ट लाइसेन्सको अवधि अब १० वर्ष हुने भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...