अव जहाँवाट पनि लाइसेन्सको परिक्षा दिन मिल्ने

यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन पुनः सुरु गर्ने तयारी अघि बढाएको छ । विभागका अनुसार नयाँ प्रणालीमा आधारित रहेर एक साताभित्रै आवेदन खुला गर्नेगरी तयारी अघि बढाइएको हो ।

नयाँ प्रणालीले जुनसुकै स्थानमा रहेका मानिसले देशको जुनसुकै यातायात कार्यालयबाट सेवा प्राप्त गर्न सक्ने सुविधा उपलब्ध गराउने सरकारी दाबी छ । प्रविधिमा आधारित नयाँ प्रणाली प्रयोगमा आएसँगै सेवाग्राहीले सहज रूपमा सेवा प्राप्त गर्ने विभागको भनाइ छ ।

लामो समयदेखि व्यवस्थित स्मार्ट लाइसेन्स वितरण गर्न नसकेको आरोप खेपिरहेको विभागले गत चैत महिनाबाट आवेदन प्रणाली बन्द गरेको थियो । सरकारले स्मार्ट लाइसेन्स जारी गरेपछि माग र आपूर्तिबीच सन्तुलन कायम गर्न नसक्दा पछिल्ला केही वर्षदेखि सवारीचालक अनुमतिपत्र प्राप्त गर्न निकै कठिनाइ भोग्नुपरेको सर्वसाधारणहरूको अनुभव छ ।

विभागका अनुसार अब सेवाग्राहीले आवेदनसँग सम्बन्धित लगभग सबैजसो कार्य अनलाइन प्रणालीबाटै गर्न पाउने छन् ।यसले यातायात कार्यालयहरूमा देखिने सेवाग्राहीहरूको भिड कम गर्ने अपेक्षा गरिएको छ ।

आवेदन दिएको १५ दिनभित्रमा पालो आउनेगरी व्यवस्था मिलाइएको र अनलाइनबाटै शुल्क तिर्न सकिने व्यवस्था मिलाउन लागिएको विभागले जनाएको छ । नयाँ प्रणाली प्रयोगमा ल्याइएसँगै दर्ता भएका चिकित्सकले परीक्षण गरेर उपलब्ध गराउने स्वास्थ्य सम्बन्धी रिपोर्ट पनि अनलाइन अप्लोड गर्न सकिने बताइएको छ ।

सम्बन्धित समाचारहरू

असोज दोस्रो सातादेखि नयाँ लाइसेन्स आवेदन खुल्ने

असोज दोस्रो सातादेखि नयाँ लाइसेन्स आवेदन खुल्ने

काठमाडौं – यातायात व्यवस्था विभागले ५ महिनापछि सवारी चालक अनुमति पत्र...

शुरु हुने भयो चितवनबाटै लाइसेन्स वितरण

शुरु हुने भयो चितवनबाटै लाइसेन्स वितरण

चितवन – यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु...

बागमती प्रदेशमा अब ७० अंक ल्याए ड्राइभिङ लाइसेन्स पाइने, मन्त्रालयले लेख्यो पत्र

बागमती प्रदेशमा अब ७० अंक ल्याए ड्राइभिङ लाइसेन्स पाइने, मन्त्रालयले लेख्यो पत्र

काठमाडौं – बागमती प्रदेशमा सवारी चालक अनुमति पत्र अर्थात ड्राइभिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...