अब साधारण ट्याक्सी नै एक हजार सीसी क्षमताको हुनुपर्ने, यस्तो छ नयाँ मापदण्ड

काठमाडौं - अब साधारण ट्याक्सी नै एक हजार सीसी क्षमताको हुनुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ट्याक्सीको रूपमा सवारीसम्बन्धी राष्ट्रिय मापदण्ड लागु गर्दै अबदेखि कम्तीमा १ हजार सीसी क्षमताका ट्याक्सी मात्रै दर्ता हुने व्यवस्था गरेको हो ।

नयाँ मापदण्डअनुसार अबदेखि पेट्रोल/डिजेलबाट चल्ने एक हजार सीसी र ईभीमा ४० किलोवाट क्षमताभन्दा कम पावरट्रेन भएका गाडी ट्याक्सी दर्ता हुन पाउने छैनन् । अहिले ८ सय सीसीभन्दा कम क्षमताका सञ्चालनमा छन् । पछिल्लो समय ईभीको आयातले लग्जरी सेगमेन्टका ट्याक्सीसमेत सञ्चालनमा छन् ।

साथै प्रत्येक ट्याक्सीमा इम्बोस्ड नम्बर प्लेट जडान गरिएको हुनुपर्ने उल्लेख छ । साथै ट्याक्सीको छतमा पहेँलो रङ लगाइएको हुनुपर्ने उल्लेख छ ।

ट्याक्सीलाई साधारण, डिलक्स) र लक्जरी गरी तीन किसिमले छुट्याएको छ । सोहीअनुसार एक हजार सीसी क्षमताका ट्याक्सी साधारण, १२ सय सीसी क्षमताभन्दा माथिका डिलक्स र २ हजार सीसी क्षमता माथिका ट्याक्सीलाई लक्जरी ट्याक्सीका रूपमा वर्गीकरण गरेको छ ।

सरकारले साधारण बाहेकका डिलक्स र लक्जरी ट्याक्सीमा एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस) सँगै इलेक्ट्रनिक ब्रेक फोर्स डिस्ट्रब्युसन (ईबीडी), ड्राइभर र को ड्राइभर एयर ब्याक (कम्तीमा दुई), हाई स्पिड आलर्ट सिस्टम, सबै सिटमा सिटबेल्ट अनिवार्य, सहचालकलाई सिटबेल्ट, पार्किङ सेन्सर र रियर भ्यू क्यामेरा, सीसी टीभी क्यामेरा अनिवार्य गरेको छ ।

हाल सञ्चालनमा रहेका ट्याक्सीको वर्ग कायम गर्न सकिनेछ । डिलक्स वा लक्जरी वर्गमा पर्ने भए उक्त वर्गमा राख्न चाहने सवारीधनीले सवारी दर्ता गर्ने कार्यालयमा निवेदन दिनुपर्नेछ । उक्त कार्यालयले आवश्यक जाँचबुझ गरी मापदण्डमा तोकिएको विशेषता तथा सुविधा भएको सवारीलाई डिलक्स वा वर्गको ट्याक्सीको रूपमा दर्ता प्रमाणपत्रमा वर्ग उल्लेख गरिदिन सक्ने मापदण्डमा व्यवस्था गरेको छ । 

उक्त मापदण्ड लागु भएको ६ महिनाभित्र सम्बन्धित सवारीधनीले पालाना गरिसक्नु पर्ने जनाइएको छ । मापदण्ड पालना नगरेमा सवारी दर्ता कार्यालय र अन्य अधिकार प्राप्त कार्यालयले जाँचपास प्रमाणपत्र तथा बाटो इजाजतपत्र नवीकरण रद्द गर्न सक्ने व्यवस्था गरेको छ ।

यातायात व्यवस्था विभागले तयार पारेको ट्याक्सीको नयाँ मापदण्ड मन्त्रालयले गत चैत १४ गते स्वीकृत गरिसकेको छ । सोही दिनबाटै कार्यान्वयनमा आउने मापदण्डमा उल्लेख भएको भए पनि राजपत्रमा प्रकाशित गरेपछि मात्रै कार्यान्वयनमा आउने मन्त्रालयले जनाएको छ । 

सम्बन्धित समाचारहरू

राजा महेन्द्रको दोश्रो अमेरिका भ्रमण : कारमा नेपाल तथा अमेरिकी झण्डा

राजा महेन्द्रको दोश्रो अमेरिका भ्रमण : कारमा नेपाल तथा अमेरिकी झण्डा

अमेरिकी राष्ट्रपति लिन्डन वि जानसनको निमन्त्रणामा २०२४ साल कार्तिक १५ गते...

सरकारी गाडीमा फागुन भित्रै इम्बोस्ड नम्बर प्लेट अनिवार्य

सरकारी गाडीमा फागुन भित्रै इम्बोस्ड नम्बर प्लेट अनिवार्य

काठमाडौं – सरकारी सवारी साधना आगामी फागुन मसान्त भित्रै अनिवार्य रुपमा...

काठमाडौं जिल्ला अदालतबाट हेलमेट चोरेको आरोपमा युवक पक्राउ

काठमाडौं जिल्ला अदालतबाट हेलमेट चोरेको आरोपमा युवक पक्राउ

काठमाडौं – काठमाडौं जिल्ला अदालतबाट लगातार हेलमेट चोरेको आरोपमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...