विंगर इलेक्ट्रिक स्कुटरको बिक्री शुरु, यस्तो छ मूल्य र विशेषता
काठमाडौं – जेरो ईमिसन राईड एनले अत्याधुनिक प्रविधिसहितको विंगर...
काठमाडौं – नेपालका लागि सेरेसको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले सेरेस ३ को अपग्रेडेड भर्सन यसै साता सार्वजनिक गर्ने भएको छ । बलियो बिल्ड क्वालिटी, एस्थेटिक्स, प्रभावशाली रेन्ज, ग्राउन्ड क्लियरेन्स र स्लिक डिजाइनका कारण नेपालमा छोटो समयमै लोकप्रियता हासिल गरेको सेरेस ३ को अपग्रेडेड भर्सन बुधबार सार्वजनिक हुने कम्पनीले जनाएको छ ।
सेरेस ३ को पहिलो भर्सन गत वर्षको नाडा अटो सोमा सार्वजनिक भएको थियो र यसले ईभीप्रेमीबाट प्रशंसा बटुलेको थियो । अहिले नेपाली सडकमा तीन सयभन्दा बढी सेरेस ३ गुडिरहेका छन् ।
यसको अफरोड क्षमताका कारण यो समुद्री सतहबाट चार हजार ६ सय ६० मिटर उचाईमा रहेको कोरला पास पुग्ने पहिलो इलेक्ट्रिक एसयूभी बनेको थियो । यसबाट सेरेस ३ नेपालको चुनौतीपूर्ण भूबनोटका लागि सुहाउँदो छ भन्ने पुष्टि भएको कम्पनीको भनाइ छ ।
ग्राहकको आवश्यकता र रोजाइलाई ध्यानमा राखेर नयाँ सेरेस ३ कम्फर्ट र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध हुनेछ ।
आफ्नो विश्व उपस्थितिलाई बलियो बनाउँदै सेरेस ३ भर्खरै बेलायत, दुबई, पाकिस्तान र फिलिपिन्समा पनि सार्वजनिक गरिएको थियो । यसबाट यो एसयूभीलाई विश्वबजारले रुचाएको र विश्वास गरिएको प्रष्ट भएको बताइएको छ ।
काठमाडौं – जेरो ईमिसन राईड एनले अत्याधुनिक प्रविधिसहितको विंगर...
सन् २०२३ को वर्ल्ड कार ग्रुप -याङकिङङमा टोयोटाको बर्चस्व देखिएको छ । यसमा...
सरकारले हरेक पटक विद्युतीय सवारीको कर हेरफेर गरिरहेको छ। प्रत्येक वर्ष...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...