अब मोटरसाइकल एसेम्बलिङ उद्योगका लागि नयाँ मापदण्ड लागू

काठमाडौं – सरकारले मोटरसाइकल एसेम्बलिङ उद्योग स्थापनाका लागि चार नयाँ मापदण्ड अगाडि सारेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तगर्तको उद्योग विभागले सोमबार नयाँ मापदण्ड ल्याएको हो ।

विभागले मोटरसाइकलका पार्टपुर्जामात्र आयात गरी नेपालमै जडान (एसेम्बल) गर्ने उद्योगका निमित्त यस्ता मापदण्ड ल्याएको हो ।

विभागका अनुसार यस्ता उद्योगले पहिलो वर्षमा कम्तीमा १० प्रतिशत र पाँच वर्षको अन्त्यमा कम्तीमा ३० प्रतिशतको आन्तरिक मूल्य अभिवृद्धि गर्नुपर्ने जनाइएको छ । यस्तै दोस्रो मापदण्डमा पहिलो वर्षमा कम्तीमा ५० प्रत्यक्ष कर्मचारी र पाँच वर्षमा कम्तीमा दुई सयजना प्रत्यक्ष कर्मचारीलाई रोजगारी दिइनुपर्ने उल्लेख गरिएको छ ।

मोटरसाइकल उद्योगले पाँच वर्षभित्र कम्तीमा १० प्रतिशत घरेलु सामग्री प्रयोग गर्नुपर्ने विभागले तोकेको तेस्रो मापदण्डमा उल्लेख गरिएको छ । यस्तै चौथो मापदण्डमा वातावरण विभाग, यातायात व्यवस्था विभाग, उद्योग विभाग आदिजस्ता सम्बन्धित सरोकारवाला निकाय सम्मिलित समितिले वातावरण र सुरक्षाको सम्बन्धमा परीक्षण गर्ने जनाइएको छ ।

विभागले सीकेडी (कम्प्लिट्ली नक्ड डाउन) अर्थात पूर्णरूपमा पार्टपुर्जा आयातका आधारमा स्थापना गरिने उद्योगका हकमा यस्तो मापदण्ड लागू गरेको हो ।

सरकारले केही समय पहिले ल्याएको प्रतिस्थापन विधेयकले मुलुकमा एसेम्बल उद्योगलाई प्रोत्साहन गर्ने तथा प्रत्यक्ष रुपमा मोटरसाइकल आयातमा भने रोक लगाउने नीति लिएको थियो । यही अनुसार नै विभागले यो नयाँ मापदण्ड ल्याएको देखिन्छ ।

नेपालमा बजाज र टीभीएसका मोटरसाइकल एसेम्बल हुँदै आएका छन् । यस्तै यामाहा, होन्डा, सुजुकी जस्ता कम्पनीका मोटरसाइकल पनि नेपालमै एसेम्बल गर्ने तयारी भइरहेको बताइन्छ । चार पांग्रे सवारी बिक्रेता कम्पनीहरुले पनि यसतर्फ चासो राखेको पाइन्छ । एसेम्बल कम्पनी नेपालमै स्थापित भएमा सवारी साधनको मूल्यमा कमी आउने र स्वदेशमै रोजगार पाइने सम्भावना समेत हुन्छ । यद्यपि सरकारी नीति अनुसार कार्य नभएको र एसेम्बल उद्योगबाट उपभोक्ताले खासै सस्तो मूल्यमा मोटरसाइकल नपाउने गरेको जनगुनासो समेत आउने गरेको पाइन्छ ।

सम्बन्धित समाचारहरू

नयाँ इन्स्ट्रयुमेन्ट क्लस्टरका साथ देखियो बजाज डाेमिनार ४००, चाँडै लन्च हुने अपेक्षा

नयाँ इन्स्ट्रयुमेन्ट क्लस्टरका साथ देखियो बजाज डाेमिनार ४००, चाँडै लन्च हुने अपेक्षा

बजाज अटोले चाँडै नै आफ्नो अपडेटेड डोमिनार ४०० सहित भारतीय दुई पाङ्ग्रे...

५ हजार सम्म बढ्यो बजाज बाइकको मूल्य, यस्तो छ नयाँ मूल्य सूची

५ हजार सम्म बढ्यो बजाज बाइकको मूल्य, यस्तो छ नयाँ मूल्य सूची

काठमाडौं – नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...

टीभीएस रोनिनको २०२५ संस्करण सार्बजनिक, यस्तो छ विशेषता

टीभीएस रोनिनको २०२५ संस्करण सार्बजनिक, यस्तो छ विशेषता

टीभीएसले रोनिनको २०२५ संस्करण सार्वजनिक गरेको छ । अपडेट गरिएको रोनिनलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...