नयाँ लोगो सहित अपडेटेड रेनो क्विड लन्च
रेनो इन्डियाले भारतीय बजारमा अपडेटेड क्विड लन्च गरेको छ। यसको प्रारम्भिक...
फ्रान्सेली अटो निर्माता कम्पनी रेनाेले नयाँ पुस्ताको डस्टर आगामी मार्च १७ मा लन्च गर्ने तयारी गरेको छ । कम्पनीले यसअघि नै गाडीको डिजाइन, विशेषता, इन्जिन क्षमता तथा सुरक्षासम्बन्धी जानकारी सार्वजनिक गरिसकेको छ।
नयाँ डस्टर यस वर्षको सबैभन्दा धेरै प्रतीक्षा गरिएको एसयूभीमध्ये एक मानिएको छ। कम्पनीले जनवरी २६ देखि नै यसको बुकिङ खुला गरिसकेको छ र मूल्य घोषणा पश्चात् डेलिभरी सुरु गरिनेछ। यद्यपि यसको स्ट्रोङ हाइब्रिड मोडलको डेलिभरी भने सन् २०२६ को मध्यतिर सुरु हुने जानकारी दिइएको छ।
डिजाइनका हिसाबले नयाँ डस्टरले आफ्नो अघिल्लो मोडलभन्दा उल्लेखनीय सुधार गरेको छ। यसमा अगाडिको भागमा एलईडी हेडलाइट, ठुलो डस्टर ब्याजसहितको ग्रिल, सिल्वर स्किड प्लेट जडान गरिएको छ । पछाडि जडान गरिएको टेलल्याम्प, १८ इन्चसम्मका अलोय ह्विल, प्यानोरामिक सनरुफ, ५१८ लिटर क्षमताको बुट स्पेस र २१२ एमएमको ग्राउन्ड क्लियरेन्सले यसलाई अझ प्रिमियम बनाएको छ।
नयाँ डस्टरमा प्रिमियम इन्टेरियर, भेन्टिलेटेड फ्रन्ट सिट, ड्युअल जोन क्लाइमेट कन्ट्रोल सिस्टम, १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस स्मार्टफोन कनेक्टिभिटी, १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, वायरलेस चार्जिङ, ३६० डिग्री क्यामेरा, ६ वटा एयरब्याग, इलेक्ट्रिक टेलगेट तथा लेभल २ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम समावेश गरिएको छ ।
नयाँ डस्टरमा ३ फरक इन्जिन विकल्प उपलब्ध गराइएको छ । यसको १.० लिटर टर्बो टीसीई १०० इन्जिनले १०० पीएस पावर, १.३ लिटर टर्बो टीसीई १६० पेट्रोल इन्जिनले १६३ पीएस पावर र २८० एनएमको टर्क उत्पादन गर्छ। यसमा ६ स्पिड ड्युअल क्लच ट्रान्समिसन गियरबक्सको विकल्प पनि उपलब्ध छ।
साथै नयाँ डस्टरमा १.८ लिटर फाेर सिलिन्डर नेचुरली एस्पिरेटेड स्ट्रोङ हाइब्रिड पेट्रोल इन्जिन पनि समावेश गरिएको छ। यसमा रहेको २ इलेक्ट्रिक मोटरका साथ संयुक्त रुपमा १६० हर्सपावर र १७२ एनएमको टर्क उत्पादन गर्छ । सो इन्जिन ८ स्पिड अटोमेटिक गियरबक्ससँग जोडिएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...