मारुतीको नयाँ वागनआर फेसलिफ्ट परीक्षणको क्रममा, नयाँ १.२ लिटर इन्जिन आउने सम्भावना
मारुती सुजुकीले ह्याचब्याक वागनआरको फेसलिफ्ट भर्सन ल्याउने तयारी...
मारुती सुजुकीले भारतमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक रूपमा लन्च गरेको छ। कम्पनीले यसको मूल्य ७ लाख ३९ हजार ९ सय भारु तोकेको छ । सो एसयूभीले भारत एनक्याप क्र्यास टेस्टमा ५ स्टार सेफ्टी मूल्याङ्कन प्राप्त गरेको छ ।
नयाँ ब्रेजाको एक्सटेरियर पुरानो मोडलसँग मिल्दोजुल्दो देखिन्छ । यसको फ्रन्टमा नयाँ डिजाइनको ग्रिल, परिमार्जित हेडलाइट, नयाँ बम्पर र ट्रायंगल हाउजिङ फगल्याम्प दिइएको छ। साथै, नयाँ १६ इन्चका अलोय ह्विलले गाडीलाई थप आकर्षक बनाएको छ । यसको साइड प्रोफाइल पनि पुरानो मोडलकै जस्तै राखिएको छ।
नयाँ ब्रेजा फेसलिफ्टमा १.५ लिटरको नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिनलाई सिएनजी विकल्पसहित उपलब्ध गराएको छ । यसपटक सिएनजी भेरिएन्टमा अन्डरबडी ट्याङ्क राखिएकाले बुट स्पेस अघिल्लोभन्दा बढी उपलब्ध हुने कम्पनीको दाबी छ। साथै पहिलो पटक १.० लिटरको टर्बो पेट्रोल इन्जिन र ६ स्पिड म्यानुअल गियरबक्स पनि उपलब्ध गराइएको छ।
यसको १.५ लिटरको पेट्रोल इन्जिनले १०२ हर्सपावर र १३९ एनएमको टर्क उत्पादन गर्छ भने १.० लिटरको टर्बो पेट्रोल इन्जिनले ११० हर्सपावर र १७० एनएमको टर्क उत्पादन गर्छ ।
गाडीको क्याबिन कालो र खैरो रङले सजावट गरिएको छ। यसमा नयाँ १०.१ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र हेड-अप डिस्प्ले जस्ता आधुनिक प्रविधि समावेश गरिएको छ। यसमा वायरलेस मोबाइल चार्जर, भेन्टिलेटेट र पावर्ड फ्रन्ट सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, एयर प्युरिफायर, आईआरभीएम र एडजस्टेबल स्टेयरिङ जस्ता फिचर समावेश गरिएको छ ।
सेफ्टीका लागि यसमा ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पट मनिटरिङ सिस्टम, हिल डिसेन्ट कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र आईएसओफिक्स चाइल्ड सिट माउन्ट जस्ता फिचर समावेश गरिएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...