नयाँ रेनाे क्विड फेसलिफ्ट जुलाई ३ मा लन्च हुँदै, यस्तो छ विशेषता
रेनोले भारतीय बजारमा आफ्नो लोकप्रिय ह्याचब्याक क्विडको फेसलिफ्ट संस्करण...
रेनो इन्डियाले भारतीय बजारमा अपडेटेड क्विड लन्च गरेको छ। यसको प्रारम्भिक मूल्य ४ लाख ५२ हजार भारु तोकिएको छ भने टप भेरिएन्टको मूल्य ५ लाख ६० हजार भारु रहेको छ। कम्पनीले क्लाइम्बर भेरिएन्टमा १५ हजार भारुसम्मको अनलाइन छुट पनि उपलब्ध गराएको छ।
नयाँ क्विडमा सबैभन्दा ठुलो परिवर्तन कम्पनीको नयाँ ब्रान्ड पहिचान हो। अब यसमा रेनोको नयाँ लोगो प्रयोग गरिएको छ । कम्पनीले ग्राहकलाई सही मोडल छनोट गर्न सहज होस् भन्ने उद्देश्यले भेरिएन्टको संख्या पनि घटाएको छ। अब सो ह्याचब्याक इभोलुसन र क्लाइम्बर गरी दुई भेरिएन्टमा मात्र उपलब्ध हुनेछ।
यसको इन्जिनमा भने कुनै परिवर्तन गरिएको छैन। यसमा पुरानो मोडलकै १.० लिटर, ३ सिलिन्डर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन प्रयोग गरिएको छ, जसले ६८ बीएचपीको पावर र ९१ एनएमको टर्क उत्पादन गर्छ। गियरबक्सका रूपमा ५ स्पिड म्यानुअल र ५ स्पिड इजी–आर एएमटी ट्रान्समिसनको विकल्प दिइएको छ। एएमटी भेरिएन्टमा रोटरी गियर सेक्ट सिस्टम पनि समावेश गरिएको छ।
नयाँ क्विडमा १८४ एमएमको ग्राउन्ड क्लियरेन्स र २७९ लिटर क्षमताको बुट स्पेस उपलब्ध गराएको छ । क्लाइम्बर भेरिएन्टमा एक्सक्लुसिभ एक्सटेरियर डिजाइन, ड्युअल टोन इन्टेरियर, ह्विल आर्च क्ल्याडिङ र एसयूभी जस्तो स्टाइलिङ एलिमेन्टस समावेश गरिएको छ।
सो गाडीमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, रियर भ्यु क्यामेरा, रिमोट कीलेस इन्ट्री, सेन्ट्रल लकिङ, यूएसबी र ब्लुटुथ कनेक्टिभिटी जस्ता फिचर रहेको छ । सेफ्टीका लागि नयाँ क्विडमा २ वटा एयरब्याग, एबीएसको साथमा ईबीडी सिस्टम, सिटबेल्ट रिमाइन्डर र कुल १७ वटा सेफ्टी फिचर उपलब्ध गराइएको छ।
रेनो क्विड सन् २०१५ देखि भारतीय बजारमा बिक्री हुँदै आएको लोकप्रिय ह्याचब्याक हो। कम्पनीका अनुसार हालसम्म यसका ४ लाख ५० हजारभन्दा बढी युनिट बिक्री भइसकेका छन्।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...