क्रसफायरले बढायो मोटरसाइकलको मूल्य, यस्तो छ नयाँ मूल्य सूची

काठमाडौं – नेपाली बजारमा क्रसफायर मोटरसाइकल बिक्री–वितरण गरिरहेको क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्टले मूल्य वृद्धि गरेको छ । आजै देखि लागू हुने गरी नयाँ मूल्य सूची कायम गरिएको कम्पनीको भनाइ छ ।

क्रसफायरले केही दिन पहिले अपडेटेड ट्रयाकर २५० नेपाली बजारमा उपलब्ध गराएको थियो । यसको मूल्य पहिले नै ३ लाख ७५ हजार रुपैयाँ सार्वजनिक गरिएको थियो । यो भन्दा पहिलेको मोडलको मूल्य ३ लाख ४८ हजार रुपैयाँ थियो ।

त्यसैगरी क्रसफायर एचजे २५० को मूल्य ६ लाख ५५ हजार बाट बढाएर ६ लाख ७० हजार रुपैयाँ तोकिएको थियो । क्रसफायर आरएम २५० को मूल्य ७ लाख २५ हजार बाट ७ लाख ४८ हजार पुगेको छ ।

क्लासिक ह्विल्सले नेपाली बजारमा बिक्री गरिरहेको स्कुटर इटालिकामोटो फर्मुला १५० को मूल्य पनि ३ लाख १० हजार बाट बढाएर ३ लाख २० हजार रुपैयाँ कायम गरिएको छ ।

क्रसफायरका मोटरसाइकल विशेष गरी युवा पुस्तामाझ लोकप्रिय छन् ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा अब क्रसफायर रेसिङ कम्पोनेन्ट सहित एचजे २५० डार्क एडिसन

नेपाली बजारमा अब क्रसफायर रेसिङ कम्पोनेन्ट सहित एचजे २५० डार्क एडिसन

काठमाडौं – क्रसफायर एचजे २५० डार्क एडिसन मोटरसाइकल अब क्रसफायर रेसिङ...

नेपाली बजारमा आइपुगे बीएस६ बीएमडब्ल्यु जी ३१० आर र जी ३१० जीएस मोटरसाइकल

नेपाली बजारमा आइपुगे बीएस६ बीएमडब्ल्यु जी ३१० आर र जी ३१० जीएस मोटरसाइकल

काठमाडौं – नेपालका लागि बीएमडब्ल्यु मोटरसाइकलको आधिकारिक वितरक हिमालयन...

टीभीएस अपाचे आरआर३१० सँग प्रतिस्पर्धा गर्न बीएमडब्ल्यु जी३१० आरआर आउने

टीभीएस अपाचे आरआर३१० सँग प्रतिस्पर्धा गर्न बीएमडब्ल्यु जी३१० आरआर आउने

बीएमडब्ल्युले आफ्नो आगामी बाइकको एउटा टिजर जारी गरेको छ । यो कम्पनीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...