केटिएम २५० एड्भेन्चरको २०२५ मोडलमा यी ४ फिचर अपग्रेड हुँदै
केटिएमले आफ्नो लोकप्रिय मोटरसाइकल २५० एड्भेन्चरको २०२५ मोडल लन्च गर्ने...
केटीएमले चाँडै नै भारतीय बजारमा आफ्नो एन्ट्री-लेभल १२५ सीसी मोटरसाइकल १२५ ड्युक र आरसी १२५ बन्द गर्ने भएको छ । यद्यपि सो मोडेलको सट्टामा केटीएमले चाँडै भारतीय बजारमा नयाँ १६० ड्युक र आरसी १६० मोडेल लन्च गर्ने योजना बनाएको छ । रिपोर्टका अनुसार, केटीएम १६० ड्युक र आरसी १६० विशेष रूपमा भारतीय बजारको लागि डिजाइन गरिनेछ ।
नयाँ केटीएम १६० सीसी मोटरसाइकलको विस्तृत जानकारी उपलब्ध नभए तापनि यो २०० सीसी रेन्जमा आधारित हुने अनुमान गरिएको छ। यसलाई ध्यानमा राख्दै १६० ड्युकले २०० ड्युकबाट दोस्रो पुस्ताको ड्युकको डिजाइनलाई अगाडि बढाउनेछ, जबकि आरसी १६० मा आरसी २०० र आरसी ३९० सहित हालको आरसी रेन्जको डिजाइन हुनेछ।
नयाँ १६० सीसी इन्जिन २०० ड्युक र आरसी २०० मा प्रयोग गरिएको लिक्विड-कुल्ड २०० सीसी मोटरमा आधारित हुनेछ। सो इन्जिनले लगभग १९-२० एचपीको पावर उत्पादन गर्ने अपेक्षा गरिएको छ ।
रिपोर्टका अनुसार नयाँ केटीएम १६० ड्युक र आरसी १६० २०२५ को मध्यतिर बिक्रीका लागि उपलब्ध हुनेछ । १६० ड्युक पहिले लन्च गरिनेछ, त्यसपछि आरसी १६०, यद्यपि, केटीएमले दुवै मोटरसाइकल एकैसाथ लन्च गर्न सक्ने अनुमान पनि गरिएको छ ।
केटिएमले आफ्नो लोकप्रिय मोटरसाइकल २५० एड्भेन्चरको २०२५ मोडल लन्च गर्ने...
केटिएम आरसी २०० को २०२२ मोडल २ दिनपछि नेपाल आउने भएको छ । आइतबारदेखी...
केटीएमले.आफ्नो इलेक्ट्रिक स्कुटरको परीक्षण सुरु गरेको छ । केटीएमको पहिलो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...