नेपालमै उत्पादन हुने हुन्डाई भेन्युमा अब झन आकर्षक डिजाइन र उन्नत सुबिधा

काठमाडौं– हुन्डाई मोटर्स इन्डियाले अन्ततः नयाँ पुस्ताको २०२५ भेन्यु सार्वजनिक गरेको छ । कैयौं दिनदेखि जारी टिजर र झलकपछि कम्पनीले नयाँ भेन्यु लन्च गरेको हो । कम्पनीले यसको सुरुवाती मूल्य भारतीय बजारमा ७ लाख ९० हजार निर्धारण गरेको छ ।

तीनवटा पारट्रेनमा आएको नयाँ भेन्यु ८ वटा भेरियन्ट र ८ वटा रंग विकल्पमा उपलब्ध हुनेछ । नयाँ भेन्युमा एलईडी हेडलाइट, डीआरएल, नयाँ क्रोम, १७ इन्चको अलोय ह्वील लगायत विशेषता दिइएको छ ।

भेन्युको भित्री भाग नयाँ स्तरमा पुगेको छ, जहाँ नयाँ ड्यासबोर्डको ढाँचामा दुईवटा १२.३ इन्चका कभ्र्ड स्क्रिन राखिएका छन् । नयाँ सेन्टर कन्सोल डिजाइन, थ्री स्पोक स्टेरिङ ह्विल र भेन्टिलेटेड फ्रन्ट सिटजस्त आधुनिक फिचरले भित्री भागलाई थप आरामदायी र आधुनिक बनाएको कम्पनीको दाबी छ ।

प्रविधि मन पराउने प्रयोगकर्ताहरूका लागि लेभल २ एडास, ब्लु लिंक कनेक्टिभिटी, वायरलेस एप्पल कार प्ले तथा एन्ड्रोइड अटोजस्ता सुविधा उपलब्ध छन् । अन्य विशेषतामा ड्राइभर ट्रयाक्सन मोड, ६ वटा एयरब्याग, ३६० डिग्रीको क्यामेरा, ब्लाइन्ड स्पट मनिटर र इलेक्ट्रिक सनरूफ उपलब्ध गराइएको छ ।

हुन्डाईले भरपर्दो इन्जिन विकल्पलाई कायम राखेको राख्दै भेन्युमा नयाँ सिक्स स्पिड टर्क कन्भर्टर अटोमेटिक विकल्प समेत दिएको छ । सो नयाँ एसयुभीले कम्प्याक्ट एसयुभी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्दै किया सोनेट, मारुति ब्रेज्जा, टाटा नेक्सन, स्कोडा काइल्याक, रेनो काइगर, निसान म्याग्नाइट, र महिन्द्रा एक्सयूभी (एक्सओ) जस्ता मोडलसंग सिधा प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

भेन्यु नेपाली बजारमा समेत उपलब्ध रहँर्दै आएको लोकप्रिय मोडल हो । हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालस्थित प्लान्टबाट उत्पादन गर्दै आएको भेन्यु कम्प्याक्ट एसयुभी सेग्मेन्टमा निकै सफल मोडल सावित भएको छ । यो नेपालमा उत्पादन हुने हुन्डाईको पहिलो मोडल समेत हो । नयाँ भेन्युलाई अवको केही समयपछि नेपालमै एसेम्वल गर्ने कम्पनीको तयारी छ ।

सम्बन्धित समाचारहरू

जुलाई महिनामा भारतमा सवारी साधन बिक्रीमा उछाल, यी कम्पनीले बनाए रेकर्ड

जुलाई महिनामा भारतमा सवारी साधन बिक्रीमा उछाल, यी कम्पनीले बनाए रेकर्ड

कोरोनाको दोस्रो लहर सकिए लगत्तै भारतीय बजारमा जुलाई महिनामा गाडीको मागमा...

भारतमा हुन्डाईको बिक्रीलाई पछ्याउँदै टाटा, नेपालको अबस्था के ?

भारतमा हुन्डाईको बिक्रीलाई पछ्याउँदै टाटा, नेपालको अबस्था के ?

टाटा मोटर्सले आफ्नो कारको बिक्रीलाई हुन्डाई मोटर्सको नजिक पुर्याएको छ ।...

हुन्डाई नेपालको Be (v) the Change अभियान अन्तर्गत वृक्षारोपण सम्पन्न

हुन्डाई नेपालको Be (v) the Change अभियान अन्तर्गत वृक्षारोपण सम्पन्न

काठमाण्डौ – हुन्डाई नेपालले ‘Be (v) the Change’ अभियान अन्तर्गत रातोमाटे डाँडा,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...