यी हुन् सन् २०२३ देखि बजारमा उपलब्ध नभएका कार
अप्रिल २०२३ देखि भारतमा सवारीसाधनका लागि नयाँ उत्सर्जन मापदण्ड लागू भएको...
हुन्डाई मोटर्सले भारतीय बजारमा आगामी हप्ता नयाँ पुस्ताको हुन्डाई भेन्यु आधिकारिक रूपमा लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले यसअघि नै सो कम्प्याक्ट एसयूभीमा समावेश हुने फिचर र नयाँ इन्जिन विकल्पहरूको जानकारी सार्वजनिक गरिसकेको छ ।
सो एसयूभीको लम्बाइ ३९९५ एमएम, चौडाइ १८०० एमएम, उचाइ १६६५ एमएम र ह्विलबेस २५२० एमएम रहेको छ।
नयाँ भेन्युको एक्सटेरियरमा ट्विन-हर्न एलईडी डीआरएल, क्वाड-बीम एलईडी हेडल्याम्प, होरिजन एलईडी पोजिसनिङ ल्याम्प र रियर होरिजन एलईडी टेलल्याम्प जस्ता अत्याधुनिक सुविधा दिइएको छ । साथै गाढा क्रोम रेडिएटर ग्रिल, ब्रिज-टाइप रूफ रेल, सिग्नेचर सी पिलर गार्निश, मसल ह्विल आर्च, १६ इन्च डायमन्ड-कट अलोय ह्विल र इन-ग्लास जस्ता विशेषताले यसको लुकलाई अझ आकर्षक बनाएको छ ।
इन्टेरियर भागमा पनि निकै प्रिमियम परिवर्तन गरिएको छ । यसमा ड्युअल १२.३ इन्च कर्भ्ड प्यानोरामिक डिस्प्ले, ड्युअल टोन लेदर सिट, २ स्टेप रियर सिट, इलेक्ट्रिक ४ वे ड्राइभर सिट, रियर एसी भेन्ट, विन्डो सनशेड, कफी टेबल सेन्ट्रल कन्सोल, मुन ह्वाइट एम्बियन्ट लाइटिङ, डी कट स्टेयरिङ ह्विल र प्रिमियम लेदर आर्मरेस्टजस्ता फिचर प्रदान गरिनेछ।
सेफ्टीका लागि लेभल २ एडीएएस, ६ एयरब्याग, उच्च–ग्रेड स्टील, ईसीएस, एचएसी, इलेक्ट्रिक पार्किङ ब्रेक, चारै पाङ्ग्रामा डिस्क ब्रेक, टीपीएमएस, थ्री पोइन्ट सिट बेल्ट, एसभीएम र रोलओभर सेन्सरसहित ६५ भन्दा बढी फिचर उपलब्ध गराएको छ ।
कम्पनीले यसमा तीन इन्जिन विकल्प उपलब्ध गराउनेछ। पहिलो १.२ लिटर एमपीआई पेट्रोल इन्जिनले ६१ किलोवाट पावर र ११४.७ एनएम टर्क उत्पादन गर्नेछ भने दोस्रो १ लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिनले ८८.३ किलोवाट पावर र १७२ एनएम टर्क दिनेछ । यी इन्जिनमा म्यानुअल, आईएसजी र ७ स्पिड डिसीटी ट्रान्समिसनको विकल्प रहनेछ। साथै यसमा रूपमा १.५ लिटर यू२ सीआरडीआई डिजेल इन्जिनले ८५ किलोवाट पावर र २५० एनएम टर्क उत्पादन गर्नेछ, जसमा ६ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक ट्रान्समिसन उपलब्ध हुनेछ।
नयाँ पुस्ताको भेन्युले सुजुकी ब्रेजा, किया सोनेट, महिन्द्रा एक्सयूभी ३एक्सओ, किया साइरोस र टाटा नेक्सनजस्ता लोकप्रिय कम्प्याक्ट एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।
अप्रिल २०२३ देखि भारतमा सवारीसाधनका लागि नयाँ उत्सर्जन मापदण्ड लागू भएको...
हुन्डाईले हुन्डाई इन्स्टर इलेक्ट्रिक माइक्रो एसयूभी सार्वजनिक गरेको छ ।...
काठमाडौं –हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...