नयाँ डिजाइन, हाइब्रिड प्रविधि र आधुनिक फिचरसहित न्यु जेनेरेसन टोयोटा हाइलक्स लन्च हुँदै

टोयोटाले आफ्नो लोकप्रिय पिकअप ट्रक हाइलक्सको नयाँ पुस्ता भारतीय बजारमा लन्च गर्ने तयारी गरेको छ। नयाँ हाइलक्स अब नयाँ डिजाइन, थप आधुनिक प्रविधि र एड्भान्स फिचरसहित बजारमा आउने अपेक्षा गरिएको छ। कम्पनीले लन्चिङ कार्यक्रममार्फत नै यसका सम्पूर्ण विवरण र मूल्य घोषणा गर्नेछ।

रिपोर्टका अनुसार नयाँ पुस्ताको हाइलक्समा बाहिरी डिजाइनमा उल्लेखनीय परिवर्तन गरिएको छ। हालको मोडलको तुलनामा यसमा नयाँ अगाडिको बम्पर, पातलो एलईडी हेडलाइट, फराकिलो फ्रन्ट ग्रिल, ठुलो टोयोटा लोगो र आकर्षक ह्विल आर्चहरू समावेश गरिएको छ।

नयाँ हाइलक्स पहिलेभन्दा निकै उन्नत रहेको छ । यसमा १२.३ इन्चको इन्फोटेनमेन्ट सिस्टम, १२.३ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, वायरलेस चार्जिङ, ३६० डिग्री क्यामेरा, एलईडी हेडलाइट, नयाँ अलोय ह्विल, फग ल्याम्प र लेभल–२ एडास जस्ता अत्याधुनिक फिचर उपलब्ध गराइएको छ ।

नयाँ हाइलक्समा अब हाइब्रिड प्रविधिको विकल्प पनि समावेश गर्ने अनुकान गरिएको छ । साथै, २.८ लिटर टर्बोडिजेल इन्जिनलाई पनि निरन्तरता दिइने अपेक्षा गरिएको छ, जसले २०४ पीएस पावर र ५०० एनएम टर्क उत्पादन गर्नेछ। सो इन्जिन ६ स्पिड अटोमेटिक गियरबक्स जोडिनेछ ।

यसको मूल्य हाल बिक्रीमा रहेको मोडलको तुलनामा सामान्य वृद्धि हुन सक्ने अनुमान गरिएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...