हाइब्रिड इन्जिनसहित आउँदै नयाँ पुस्ताको मारुती सुजुकी वागन आर

मारुती सुजुकीले आफ्नो ह्याचब्याक गाडी वागन आर हाइब्रिड इन्जिनमा ल्याउने भएको छ । जापानी मिडियाका अनुसार नयाँ जेनेरेसन मारुती सुजुकी वागन आरमा पूर्ण रूपमा हाइब्रिड सिस्टम उपलब्ध हुनेछ । यदि यो रिपोर्ट सही भएमा वागनआर पूर्ण हाइब्रिड सिस्टमसँग सुसज्जित पहिलो सानो कार हुनेछ ।

नयाँ वागन आर ६६६ सीसी, ३ सिलिन्डर पेट्रोल इन्जिन र इलेक्ट्रिक मोटरद्वारा सञ्चालित हुने सम्भावना छ। पेट्रोल इन्जिनले ५३ बीएचपी पावर र ५८ एनएम टर्क जेनेरेट गर्नेछ भने इलेक्ट्रिक मोटरले १० बीएचपी पावर र २९.५ एनएमको टर्क जेनेरेट गर्नेछ। यसको पावरट्रेन सेटअप ईसीभीटी गियरबक्ससँग जोडिनेछ।

जापानमा नयाँ जेनेरेसनको वागन आर हाइब्रिडको लम्बाइ ३३९५ एमएम, चौडाइ १४७५ एमएम, उचाइ १६५० एमएम, ह्विलबेस २४६० एमएम र कर्ब वजन ८५० केजी हुनेछ । रिपोर्टका अनुसार नेक्स्ट जेनरेशन वागनआरमा हिङ्ग्ड डोरको सट्टा स्लाइडिङ डोर हुनेछ।

नयाँ पुस्ताको वागन आरले फुल हाइब्रिड सिस्टम पाएमा ३० किलोमिटर भन्दा बढी माइलेज दिने अपेक्षा गरिएको छ। सम्भवत: यसले ३३.४७ किलोमिटर प्रति किलोग्राम मूल्याङ्कन गरिएको सीएनजी संस्करणको माइलेजलाई पनि पार गर्न सक्ने अनुमान गरिएको छ ।

फुल हाइब्रिड सिस्टम थपेपछि सो ह्याचब्याक गाडीको मूल्यमा उल्लेख्य वृद्धि हुनेछ ।

सम्बन्धित समाचारहरू

अब भारतमा पनि कारको सेफ्टी रेटिङ गरिने, कारले परीक्षणका आधारमा सेफ्टी रेटिङ पाउने

अब भारतमा पनि कारको सेफ्टी रेटिङ गरिने, कारले परीक्षणका आधारमा सेफ्टी रेटिङ पाउने

भारतमा एनसीएपी (न्यू कार एसेसमेन्ट प्रोग्राम) सुरु हुने भएको छ । भारतका...

सबैभन्दा धेरै बिक्री हुने भ्यान ११ वर्षपछि नयाँ भर्सनमा आउँदै

सबैभन्दा धेरै बिक्री हुने भ्यान ११ वर्षपछि नयाँ भर्सनमा आउँदै

भारतको सबैभन्दा ठूलो अटो निर्माता कम्पनी मारुती सुजुकी इन्डिया लिमिटेडले...

ईभीएक्स लन्च हुनु अगाबै २५ हजार चार्जिङ स्टेशन तयार पार्ने योजनामा मारुती सुजुकी

ईभीएक्स लन्च हुनु अगाबै २५ हजार चार्जिङ स्टेशन तयार पार्ने योजनामा मारुती सुजुकी

भारतको सबैभन्दा ठूलो कार उत्पादक मारुती सुजुकीले आफ्नो पहिलो ईभी लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...