सन् २०२६ : विश्वास, प्रविधि र ग्राहक–केन्द्रित मोबिलिटीमा केन्द्रित रही हुन्डाई नेपालद्वारा आत्मविश्वासपूर्ण सुरुवात
काठमाडौं – हुन्डाई नेपालले विश्वास, अत्याधुनिक प्रविधि र ग्राहक–पहिलो...
हुन्डाईले भारतीय बजारमा नयाँ पुस्ताको हुन्डाई भेन्यु लन्च गरेको छ । यसको बाहिरी डिजाइनमा व्यापक परिवर्तन गरिएको छ।
नयाँ भेन्युको अगाडि क्रोम इन्सर्ट सहितको आयताकार ग्रिल, ठाडो क्वाड बीम एलईडी हेडलाइट, सी-आकारको डीआरएल र पछाडिको भागमा कनेक्टेड टेललाइट क्लस्टर र थ्रीडी भेन्यु लोगो जडान गरिएको छ। साइड प्रोफाइलमा १६ इन्चको अलोय ह्विल र सी-पिलरमा सिल्भर इन्सर्ट राखिएको छ। साथै यसलाई रग्ड लुक दिनका लागि मोटा फक्स स्किड प्लेट पनि जडान गरिएको छ ।
यसको क्याबिन पूर्ण रूपमा पुनःडिजाइन गरिएको छ। यसमा नयाँ ड्यासबोर्ड, १२.३ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, भेन्टिलेटेड फ्रन्ट सिट, भोइस असिस्टेड इलेक्ट्रिक सनरुफ, ४ वे पावर ड्राइभर सिट, वायरलेस चार्जर र एम्बियन्ट लाइटिङ जस्ता उन्नत फिचर समावेश छ । साथै सेफ्टीका लागि अगाडि र पछाडिका एयरब्याग, एबीएस, ईबीडी, ईएससी जस्ता फिचर समावेश गरिएको छ।
नयाँ भेन्युमा १.२ लिटर पेट्रोल, १.० लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिन विकल्पहरू उपलब्ध छ । टर्बो पेट्रोल इन्जिनले १२० पीएससम्मको शक्ति उत्पादन गर्छ। साथै, पहिलोपटक डिजेल भेरिएन्टमा ६ स्पिड अटोमेटिक गियरबक्स उपलब्ध गराइएको छ । यसको डिजेल म्यानुअल भेरिएन्टले २०.९९ किलोमिटर प्रतिलिटरसम्मको माइलेज दिन्छ ।
यसले भारतीय बजारमा महिन्द्रा एक्सयूभी३००, टाटा नेक्सन, मारुती ब्रेजा, स्कोडा काइलाक र किया सोनेट जस्ता एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ।
काठमाडौं – हुन्डाई नेपालले विश्वास, अत्याधुनिक प्रविधि र ग्राहक–पहिलो...
भैरहवा – भैरहवाको लुम्बिनी रोडमा अवस्थित एए अटोमोबाइल्सले कोरियन ब्रान्ड...
काठमाडौँ – नेपालको लागि हुन्डार्ई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...