अपडेट भर्सन सहित पावरफुल इन्जिन भएको अल्टो आउँदै

मारुती सुजुकीले यस पटक पनि बिक्रीमा आफ्नो छाप छोडेको छ, त्यसैले कम्पनीले आफ्ना लोकप्रिय मोडलहरूको अपडेट भर्सन लन्च गरिरहेको छ । मारुती सुजुकी इन्डियाले भर्खरै मारुती सेलेरियो, बलेनो, वागनआर र नयाँ मारुती एक्सएल६ का नयाँ मोडलहरू ल्याएको छ ।

मारुती सुजुकीले आफ्नो सबैभन्दा धेरै बिक्री हुने कार अल्टोको फेसलिफ्ट भर्सन लन्च गर्न लागेको छ । मारुती अल्टोको नयाँ भर्सन पुरानो मोडलभन्दा पूर्णतया फरक डिजाइन र फिचर हुने बताइएको छ । नयाँ अल्टोको साइज उचाइ र लम्बाई दुवै बढाइएको छ ।

कम्पनीले नयाँ अल्टो ८०० फेसलिफ्ट ‘हर्टेक्ट’ प्लेटफर्ममा निर्माण गरेको छ, जुन प्लेटफर्ममा बलेनो, नयाँ स्विफ्ट, डिजायर र इग्निस निर्माण गरिएको थियो । आधुनिक प्रविधिसँगै कारलाई बलियो र कम तौलको बनाउनको लागि हर्टेक्ट प्लेटफर्मको विकास गरिएको हो ।

नयाँ अल्टोमा के१०सी इन्जिन दिइएको छ, जसमा ३ सिलिन्डर ड्युअल जेट इन्जिन १.० लिटर इन्जिन रहेको छ । सो इन्जिनले ६७ बीएचपीको पावर र ८९ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पिड म्यानुअल र ५ स्पिड एएमटी गियरबक्स दिने सम्भावना छ । यसमा फ्याक्ट्री फिटेड सीएनजी किटको विकल्प पनि दिइनेछ ।

नयाँ अल्टोको डिजाइन र फिचरमा पनि परिवर्तन गरिएको छ । यसमा नयाँ डिजाइनको आकर्षक क्रोम ग्रिल रहेको छ । कारको ड्यासबोर्डको डिजाइन पनि परिवर्तन गरिएको छ । नयाँ अल्टोमा ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । यसमा पावर विन्डोज, पावर स्टेयरिङ, पुश बटन स्टार्ट–स्टप र अगाडिको सिटमा ड्युअल एयरब्यागसहित एन्टि–लक ब्रेकिङ सिस्टम जस्ता फिचर हुनेछ ।

सम्बन्धित समाचारहरू

फेमिली कारको रुपमा चर्चित छ यो कार, २३ वर्षदेखि लगातार शीर्ष स्थान बनाउन सफल

फेमिली कारको रुपमा चर्चित छ यो कार, २३ वर्षदेखि लगातार शीर्ष स्थान बनाउन सफल

फेमिली कारको रूपमा अहिले सबैको ध्यान एमपीभीमा भएपनि कुनै समय मारुती...

डेब्यु पहिले थोरै झलक देखियो मारुती सुजुकी ग्रान्ड भिटारा एसयूभी

डेब्यु पहिले थोरै झलक देखियो मारुती सुजुकी ग्रान्ड भिटारा एसयूभी

मारुती सुजुकी ग्रान्ड भिटारा मिडसाइज एसयूभी जुलाई २० मा लन्च हुने भएको छ ।...

सुजुकी एभेनिस अब नेपालमा : यस्ता छन् प्रतिस्पर्धी

सुजुकी एभेनिस अब नेपालमा : यस्ता छन् प्रतिस्पर्धी

काठमाडौं – नेपाली बजारमा हिजो सुजुकीको नयाँ स्पोर्टी स्कुटर ‘एभेनिस’...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...