आकर्षक डिजाइन र फरक विशेषता सहित दुई मोडलका इलेक्ट्रिक स्कुटर सार्वजनिक
काठमाडौं – नेपाली भुबनोटलाई आधार मानेर विकसित गरिएको एफडी ब्रान्डका दुई...
काठमाडौं – नेपालका लागि एमजी मोटरको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले आफ्नो प्रिमियम ईभी पोर्टफोलियोलाई थप मजबुत बनाउँदै फुल इलेक्ट्रिक पिकअप एमजी यू९ ईभी सार्वजनिक गर्ने तयारी गरेको छ। अत्याधुनिक प्रविधि र विलासी फिचरले भरिपूर्ण यो गाडी लक्जरी र फ्ल्यागसिप गरी गरी दुईवटा विशेष भेरिएन्टमा उपलब्ध हुने कम्पनीको भनाइ छ ।
एमजी यू९ ईभी नेपाली बाटोहरूका लागि एक शक्तिशाली विकल्पको रूपमा प्रस्तुत गरिएको छ। यसमा जडान गरिएको फ्रन्ट १२५ किलोवाट र रियर २०० किलोवाटको डुअल मोटरले कुल ३२५ किलोवाट सम्मको पावर र ७०० एनएमको टर्क प्रदान गर्दछ । यो पिकअपले मात्र ५.८ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति समात्न सक्छ । यसमा रहेको एयर सस्पेन्सन र नर्मल, इको, स्पोर्ट, स्नो, टो, अफरोड र कस्टम लगायतका विभिन्न ड्राइभिङ मोडहरूले कठिन भू–बनोटमा पनि आरामदायी यात्रा सुनिश्चित गर्दछ ।
लामो यात्रालाई सहज बनाउन यसमा १०२.२ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री जडान गरिएको छ, जसले एक पटकको फुल चार्जमा ४३० किलोमिटर (डब्लुएलटीपी) सम्मको रेन्ज प्रदान गर्छ । फास्ट चार्जिङ प्रविधि मार्फत यसलाई मात्र ४२ मिनेटमा २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
गाडीको भित्री बनावट अत्यन्तै विलासी छ। यसमा १२.३ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन, ८ वटा स्पिकरयुक्त जेबीएल अडियो सिस्टम र ६४ कलरको एम्बियन्ट लाइटिङ रहेको छ । फ्ल्यागसिप भेरिएन्टमा चालकको सिटका लागि ८–वे इलेक्ट्रोनिक एडजस्टमेन्ट, भेन्टिलेसन, मसाज र मेमोरी फङ्सन जस्ता प्रिमियम सुविधाहरू उपलब्ध छन् ।
सुरक्षाका लागि यसमा ३६० डिग्री एचडी क्यामेरा, एडेप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ (एईबी), र लेन किप असिस्ट जस्ता एडभान्स्ड ड्राइभर असिस्ट सिस्टम (एडास) फिचरहरू समावेश छन् । यो पिकअप केवल विलासी मात्र नभई उत्तिकै उपयोगी पनि छ। यसको ३५०० केजी सम्मको लोडिङ क्षमता र भीटुएल अर्थात भेइकल टु लोड प्रविधिले गर्दा प्रयोगकर्ताले गाडीको ब्याट्रीबाट अन्य विद्युतीय उपकरणहरू पनि चलाउन सक्नेछन् ।
नेपाली बजारमा इलेक्ट्रिक गाडीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै एमजी यू९ ईभीले प्रिमियम पिकअप सेग्मेन्टमा नयाँ स्ट्यान्डर्ड स्थापित गर्ने विश्वास लिएको पारामाउन्ट मोटर्सले बताएको छ ।
काठमाडौं – नेपाली भुबनोटलाई आधार मानेर विकसित गरिएको एफडी ब्रान्डका दुई...
नेटा भी नेपाल आउने चर्चा शुरु भएसँगै यो इलेक्ट्रिक कारका विषयमा विभिन्न...
काठमाडौं – विश्वको सबैभन्दा ठूलो न्यू इनर्जी भेइकल उत्पादक कम्पनी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...