नेपालीको ईभी मोह : ३ दिन लगातार ३ नयाँ गाडी सार्वजनिक

काठमाडौं– नेपालको अटोमोबाईल बजार अहिले पूर्णत ईभीमय बनेको छ । गाडी क्रेता, बिक्रेता र संचार माध्यमदेखी सदनसम्मै ईभीले चर्चा पाइरहेको छ । ईभीमा पनि विशेषगरी प्यासेन्जर कार र भ्यान तथा माइक्रो अहिले आम चासोको विषय बन्न थालेको हो ।

इलेक्ट्रिक गाडीमा ग्राहकको आकर्षण बढ्न थालेपछि व्यवसायीमाझ कसले कुन नयाँ ब्राण्ड ल्याउने विषयमा चर्को प्रतिस्पर्धा समेत हुन थालेको छ । फलस्वरुप पछिल्ला केही हप्तामा नयाँ ब्राण्ड सार्बजनिक हुने लहर नै चलेको छ । नेपालीको बढ्दो ईभी मोहलाई मध्येनजर गरी यो हप्तामात्रै ३ वटा नयाँ विद्युतिय गाडी सार्बजनिक भइसकेका छन् । भने भोली शनिबार महिन्द्राको नयाँ ईभी एक्सयुभी ४०० लन्च हुने तयारीमा छ ।

यो हप्ता बजारमा सोकोन ब्राण्डको विद्युतिय भ्यान र काई एक्स–३ प्रो एसयूभी औपचारिक रुपमा नेपाल आएको घोषणा गरिएको छ भने सेरेस–३ को फेसलिफ्ट पनि यसै हप्ता लन्च गरिएको छ । सोकोन ब्राण्डको ११ सिटर भ्यान ईसी३ लाई एमएडब्लु बृद्धि कमर्सियल भेइकलले नेपाल ल्याएको हो । गत मंगलबार सार्बजनिक गरिएको यो ईभी भ्यानको मूल्य ४५ लाख ५० हजार निर्धारण गरिएको छ ।

यसैगरी, एमएडब्लु ग्रुप अन्तर्गतको अर्को कम्पनी एमएडब्लु बृद्धि अटो कर्पले गत बुधबार एक भब्य कार्यक्रममाझ सेरेस–३ को फेसलिफ्ट भर्सन लन्च गर्यो । फ्रन्ट फेसियालाई अपग्रेड गरी ल्याइएको यसको कम्फर्ट भेरिएन्टको मूल्य ५० लाख र प्रिमियमको ५३ लाख निर्धारण गरिएको छ । जुन बजेट अघिकै पुरानो मूल्यले निरन्तरता पाएको हो ।

हुन्डाई र बिएमडब्लु जस्ता चर्चित ब्राण्डको कम्वसन तथा ईभी आयत गरी बिक्री गर्दै आएको लक्ष्मी ग्रुपले चिनियाँ ब्राण्डको नयाँ ईभी काई एक्स–३ प्रोको बुकिङ लिन सुरु गरेको छ । विहिबार नयाँ शोरुमको उद्घाटन गरी गाडीको मूल्य समेत सार्बनिक गर्दै ग्रुप अन्तर्गतको अर्को कम्पनी लक्ष्मी ई–मोविलिटीले यसको बुकिङ लिन थालेको हो ।

दुई भेरिएन्टमा नेपाल आउने यसको डिलक्स भेरिएन्टलाई ४६ लाख ९६ हजार र फ्ल्यागशिप भेरिएन्टलाई ४८ लाख ९६ हजार रुपैयाँ पर्ने जनाइएको छ । यो गाडी लक्ष्मी ग्रुप सहित गोल्छा अर्गनाइजेनस र एलआरआर मोटर्सले समेत आयत गर्दैछन् ।

सम्बन्धित समाचारहरू

सुजुकीले पहिलो मिडसाइज इलेक्ट्रिक एसयूभी ईभीएक्स मोबिलिटी एक्सपो २०२५ मा लन्च गर्ने

सुजुकीले पहिलो मिडसाइज इलेक्ट्रिक एसयूभी ईभीएक्स मोबिलिटी एक्सपो २०२५ मा लन्च गर्ने

मारुती सुजुकी इन्डिया लिमिटेडले अर्को वर्ष जनवरी १७ देखि हुने भारत...

२९ महिनामा दिपलले उत्पादन ग-यो ४ लाख कार, २०२५ मा दोब्बर लक्ष्य

२९ महिनामा दिपलले उत्पादन ग-यो ४ लाख कार, २०२५ मा दोब्बर लक्ष्य

चाइनिज कार ब्रान्ड दिपलले आफ्नो प्रोडक्सन लाइनबाट ४ लाखौं कार उत्पादन...

डाउनपेमेन्ट नगरी इलेक्ट्रिक स्कुटर किन्न पाइने लेभनिङको नयाँ स्किम

डाउनपेमेन्ट नगरी इलेक्ट्रिक स्कुटर किन्न पाइने लेभनिङको नयाँ स्किम

लेभनिङ इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता इभी नेपाल मोटर्सले नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...