१ हजार किलोमिटरसम्म रेन्ज दिने नयाँ प्रविधिको सस्तो ब्याट्री सार्वजनिक

चीनको अग्रणी ब्याट्री सप्लायर गोसन हाई टेकले १ हजार किलोमिटर रेन्ज दिने नयाँ प्रविधिको ब्याट्री एस्ट्रोइनोलाई सार्वजनिक गरेको छ । हाल प्रयोगमा आइरहेको लिथियम ब्याट्रीको तुलनमा यो निकै सस्तो र हलुका हुनुको साथै शक्तिसाली समेत हुने जनाइएको छ ।

सो नयाँ प्रविधिको ब्याट्रीलाई हाल प्रयोगमा आइरहेको लिथियमा आइरन फस्फेट(एलएफपी) मा म्याग्नेसिस थप गरेर ल्याइएको हो । जसका कारण यसको इनर्जी डेन्सिटी वढि हुन्छ भने मूल्य समेत कम पर्छ । एलएफपी र निकेल कोवाल्ट व्याट्रीको तुलनमा यसको इनर्जी डेन्सिटी निकै वढि हुने कम्पनीले जनाएको छ ।

एलएफपी ब्याट्रीको इनर्जी डेन्सिटी १९० वाट आवर प्रति किलोग्राम र निकेल कोवाल्टको १५० देखी २२० वाट आवर प्रति किलोग्रामसम्म हुँदा यो नयाँ प्रविधीयुक्त ब्याट्रीको इनर्जी डेन्सिटी भने २४० वाट आवर प्रति किलोग्राम हुने कम्पनीले दावी गरेको छ । यो नयाँ ब्याट्रीले हाल प्रयोगमा आइरहेको लामो रेन्ज दिने इभीमा प्रयोग हुँदै आएको निकेल कोवाल्ट सेललाई विस्थापन गर्ने आँकलन गरिएको छ ।

कम्पनीले यसको उत्पादन अर्को वर्षदेखी शुरु गर्ने तयारी थालेको छ । उत्पादनको अन्तिम चरणमा रहेका कारण यसको सेफ्टि टेष्ट समेत भइसकेको छ । सो नयाँ ब्याट्रीले सीएटिएलले विकास गर्ने भनिएको कन्डेन्स्ड–स्टेल ब्याट्री र टोयोटाको फ्लोराइड आयोन ब्याट्रीसंग कडा टक्कर गर्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

मलेसियाको बजार : जनवरीमा सबैभन्दा धेरै बिक्री हुने ईभी बन्यो ईमास ७, टप १० मा बीवाईडीको बर्चस्व

मलेसियाको बजार : जनवरीमा सबैभन्दा धेरै बिक्री हुने ईभी बन्यो ईमास ७, टप १० मा बीवाईडीको बर्चस्व

मलेसियाको बजारमा सन् २०२५ जनवरी महिनामा सबैभन्दा धेरै बिक्री हुने ईभीमा...

सोलिड स्टेट ब्याट्रीको विकासमा चीनले ६ अर्व यूवान खर्च गर्ने, बीवाइडी सहित ६ कम्पनी छनोट

सोलिड स्टेट ब्याट्रीको विकासमा चीनले ६ अर्व यूवान खर्च गर्ने, बीवाइडी सहित ६ कम्पनी छनोट

काठमाडौं– चीन सरकारले नयाँ प्रबिधीको ब्याट्री ‘सोलिड स्टेट’को खोज र...

आज बजेट सार्वजनिक हुँदै : सवारी साधनको कर बढ्ने चिन्ता

आज बजेट सार्वजनिक हुँदै : सवारी साधनको कर बढ्ने चिन्ता

आज सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि बजेट सार्वजनिक गर्दैछ । बजेटमा अन्य...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...