यामाहाले जापानमा ल्यायो नयाँ इलेक्ट्रिक स्कुटर ‘जोग ई’

यामाहा मोटरसाइकलले नयाँ यामाहा जोग ई इलेक्ट्रिक स्कुटर पेश गरेको छ। शहरी यात्राका लागि विशेष रूपमा डिजाइन गरिएको सो कम्प्याक्ट र किफायती स्कुटर अत्याधुनिक प्रविधि र फिचरले भरिपूर्ण छ।

यामाहा जोग ईको प्रमुख आकर्षण यसको स्वापेबल ब्याट्री सिस्टम हो । यसलाई होन्डा, सुजुकी, यामाहा र कावासाकीको सहकार्यमा विकसित गरिएको हो । स्कुटरमा १.५ किलोवाट आवर क्षमताको एक स्वापेबल ब्याट्री प्रयोग गरिएको छ, जसले फुल चार्जमा ५३ किलोमिटरसम्मको रेन्ज दिन्छ । जोग ईमा रहेको एसी सिंक्रोनस मोटरले २.३ पीएसको पावर र ९० एनएम टर्क दिन्छ ।

सो स्कुटरको लम्बाइ १७९५ एमएम, चौडाइ ६८० एमएम र उचाइ ११४० एमएम छ भने ह्विलबेस १३०० एमएमको छ । सो स्कुटरको तौल ९३ किलोग्राम रहेको छ ।  यसको अगाडि डिस्क र पछाडि ड्रम ब्रेकसहितको कम्बी-ब्रेक सिस्टम समावेश छ । साथै अगाडि टेलिस्कोपिक फोर्क र पछाडि ड्युअल शक एब्जर्बर रहेको छ ।

यसमा अल एलईडी लाइटिङ, पोलीगोनल हेडल्याम्प, गोलाकार मिरर, फ्ल्याट बडी प्यानल र तेर्सो टेलल्याम्प जडान गरिएको छ । साथै ५०० एमएलको फ्रन्ट युटिलिटी पकेट, यूएसबी टाइप–ए चार्जिङ पोर्ट, ठूलो हुक, सिटमुनि स्टोरेज र इनभर्टल एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध छ । यसमा तीनवटा राइडिङ मोड पनि प्रदान गरेको छ ।

यामाहा जोग ईको मूल्य जापानमा १ लाख ५९ हजार ५०० येन राखिएको छ । यसको ब्याट्री तथा स्वापिङ सेवाका लागि छुट्टै शुल्क तिर्नुपर्नेछ ।

सम्बन्धित समाचारहरू

सिंगल चार्जमा ४२० किमी चल्ने एड्भेन्चर बाइक, ४० मिनेटमै ८० प्रतिशत चार्ज

सिंगल चार्जमा ४२० किमी चल्ने एड्भेन्चर बाइक, ४० मिनेटमै ८० प्रतिशत चार्ज

इटालियन इलेक्ट्रिक बाइक निर्माता कम्पनी इनर्जिकाले नयाँ एडभेन्चर...

सेल्फ ड्राइभिङ ट्रकले पार ग-यो १५२८ किमी दुरी, मानव ड्राइभर भन्दा १० घण्टा छिटो

सेल्फ ड्राइभिङ ट्रकले पार ग-यो १५२८ किमी दुरी, मानव ड्राइभर भन्दा १० घण्टा छिटो

फुल्ली अटोनोमस ट्रक तर्फको यात्रा चुनौतीपूर्ण भए पनि यो अब प्राप्त गर्न...

यामाहा आर१५ को उत्पादन १० लाख युनिट नाघ्यो, ९० प्रतिशत बजार भारत

यामाहा आर१५ को उत्पादन १० लाख युनिट नाघ्यो, ९० प्रतिशत बजार भारत

यामाहाले आफ्नो चर्चित मोटरसाइकल आर१५ को उत्पादन १० लाख यूनिट नाघेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...