होन्डाको पहिलो शक्तिशाली इलेक्ट्रिक बाइक डब्ल्युएन७ सार्वजनिक
होन्डाले इटालीको मिलानमा आयोजित ईसीआईएमए २०२५ मोटर शोमा आफ्नो पहिलो...
फुल्ली अटोनोमस ट्रक तर्फको यात्रा चुनौतीपूर्ण भए पनि यो अब प्राप्त गर्न सकिने यात्रातिर बढेको छ । यद्यपि सेल्फ ड्राइभिङ कार भन्दा अटोनोमस ट्रक वास्तविकताको नजिक पुगेको छ ।
हालै अमेरिकाको एरिजोना देखि ओक्लाहोमा सम्म वाटरमेलोनको भारी बोकेको सेल्फ ड्राइभिङ ट्रकले यात्रा पुरा गरेको छ र यसले अटोनोमस ट्रकिङ टेक्नोलोजीको सम्भाव्यतालाई प्रदर्शन गरेको छ ।
तुसिम्पल नामक ट्रान्सपोर्टेसन कम्पनी, जसले ट्रकको ड्राइभरलेस टेक्नोलोजीमा विशेषज्ञता हासिल गरेको छ, ले यो उपलब्धी हासिल गर्न सफल भएको हो ।
यात्रा अवधिमा उक्त अटोनोमस ट्रकले ९५० माइल अर्थात १ हजार ५२८ किलोमिटरको यात्रा गरेको थियो । यसले दुरीको ८० प्रतिशत पुरा गरेको थियो भने त्यसपछिको यात्राका लागि मानव ड्राइभर प्रयोग गरिएको थियो । बीचमा केही समस्या आउन सक्ने सम्भावनाका लागि मानव ड्राइभरलाई तयार राखिएको थियो ।
यहाँ महत्वपूर्ण कुरा के छ भने सो दुरी ट्रकले १४ घण्टा ६ मिनेटमा पुरा गरेको थियो, जुन मानव ड्राइभरले चलाउने समय भन्दा करिव १० घण्टा कम हो । मानव ड्राइभरले बीचमा आराम र अन्य कार्य गर्नु पर्ने भएकाले समेत दुरी बढ्ने गरेको पाइन्छ ।
होन्डाले इटालीको मिलानमा आयोजित ईसीआईएमए २०२५ मोटर शोमा आफ्नो पहिलो...
सन् २०१६ मा भारतमा टेस्ला मोडल ३ को बुकिङ खुला भएको थियो, तर हालसम्म पनि...
काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...