नयाँ दिपल ई०७ अब नेपाली जंगल र पहाडका लागि तयार

दिपल ई०७ ले गत वर्ष नेपालमा सार्वजनिक भएपछि आफ्नो ट्रान्सफर्मेसन क्षमताका कारण छुटै छाप छोड्दै नयाँ सेग्मेन्टको सुरुवात गरेको थियो । विश्वकै पहिलो ट्रान्सफर्मर एसयुभी भनेर चिनिएको ई०७ ले ईभीको परिभाषा नै बदलिदिएको थियो आफ्नो मल्टिफंक्सन, इन्टेलिजेन्स र इमोसन इन्टिग्रेसनका कारण । अब यो ईभी महत्वपूर्ण अपडेटहरुसहित नेपालमा फर्किने भएको छ एउटा एड्भेन्चर मेसिनका रुपमा ।

नयाँ अपग्रेडको केन्द्रमा छ यसको कन्टिनियस ड्याम्पिङ कन्ट्रोलसहितको नयाँ एड्भान्स्ड एयर सस्पेन्सन सिस्टम रहेको छ जसलाई म्याजिक कार्पेट सस्पेन्सन पनि भनिन्छ । यो इन्टेलिजेन्ट सिस्टमले एसयूभीको उचाई २२३ एमएमसम्म समायोजन गर्न सक्छ जसले राजमार्गमा सहजता र बिग्रिएका सडक र अफरोड ट्रेलमा अदभुत आत्मविश्वास प्रदान गर्छ । सस्पेन्सनले सडकको अवस्थालाई वास्तविक समयमा पढेर प्रतिक्रिया दिन्छ जसले जहाँ पुगे पनि यात्रालाई सहज र सुरक्षित बनाउँछ ।

ई०७ को लोकप्रिय ट्रान्सफर्मेसन क्षमता नै यसको आत्मा हो । यसको विशिष्ट स्लाइडिङ रियर डोम डिजाइनले गाडीलाई सजिलै चार मोड– एसयूभी, पिकअप, क्याम्पिङ र आरभीमा रुपान्तरण गर्न सक्षम बनाउँछ । यसले दैनिक अफिस यात्रादेखि सप्ताहन्तको साहसिक यात्रा र लामो अन्वेषणसम्म सबैलाई एउटै गाडीमा सम्भव बनाउँछ । यति स्तरको बहुआयामिकता संसारका थोरै गाडीहरुमा मात्र पाइन्छ, जसले ई०७ लाई नेपाल जस्तो विविध भौगोलिक बनावट र जीवनशैली भएको देशका लागि अत्यन्तै उपयुक्त बनाउँछ ।

यी सबै यात्रालाई शक्ति दिन्छ ८९.९८ किलोवाट आवरको ब्याट्रीले जसले ५६६ किमी डब्लुएलटीपी रेन्ज प्रदान गर्छ साथै २४० किलोवाट आवरको डीसी फास्ट चार्जिङ सुविधाले लामो चार्जिङको झन्झट हटाउँछ । जब सडक समाप्त हुन्छ ई०७ रोकिँदैन । यसको ६०० एमएम वाटर वेडिङ क्षमता, मजबुत अन्डरबडी प्रोटेक्सन र ६ किलोवाट भीटुएल सिस्टमले यसलाई क्याम्पिङ, उपकरण र बाहिरी जीवनशैलीका लागि मोबाइल पावर स्टेसनमा रुपान्तरण गर्छ ।

भित्रको संसारमा साहसिक यात्रासँग लक्जरी मिसिएको छ । सबै चार सिटमा मसाज, हिटिङ र भेन्टिलेसन प्रिमियम नाप्पा लेदर, १४ वे पावर एडजस्टेबल फ्रन्ट सिट र जिरो ग्रयाभिटी रिल्याक्सेसन मोडले हरेक यात्रालाई विश्रामको अनुभव बनाउँछ । विशाल २८.८६ इन्चको हेड अप डिस्प्ले, १४.४ इन्चको सनफ्लावर टचस्क्रिन, ५४० डिग्रीको सराउन्ड भ्यु सिस्टम र एड्भान्स्ड ड्राइभर असिस्ट सिस्टमले हरेक वातावरणमा पूर्ण आत्मविश्वास र सुरक्षा सुनिश्चित गर्छ ।

पक्कै पनि नयाँ दिपल ई०७ ट्रान्सफर्मर एक्सले ईभी क्रान्तिलाई अघि बढाउने मात्र छैन सीमा विस्तार पनि गर्नेछ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक भेइकल फ्लिट अपरेसनका लागि एकैपटक ५० इलेक्ट्रिक गाडीको अर्डर

इलेक्ट्रिक भेइकल फ्लिट अपरेसनका लागि एकैपटक ५० इलेक्ट्रिक गाडीको अर्डर

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक र स्पार्क...

बीवाईडीले ल्याएको नयाँ गड्स आई चर्चामा, यस्ता छन् डिपाइलट सिस्टमका विभिन्न फिचरहरु

बीवाईडीले ल्याएको नयाँ गड्स आई चर्चामा, यस्ता छन् डिपाइलट सिस्टमका विभिन्न फिचरहरु

विश्वकै अग्रणी नयाँ ऊर्जा सवारी निर्माता बीवाईडीले आफ्नो मुख्यालय...

ईभीको हाइभोल्टेज ब्याट्री चेकअप क्याम्प सञ्चालन गर्दै हुन्डाई नेपाल

ईभीको हाइभोल्टेज ब्याट्री चेकअप क्याम्प सञ्चालन गर्दै हुन्डाई नेपाल

काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...