थप फिचरका साथ आउदै क्रसएक्स २५०आर ईएफआई, खुल्यो बुकिङ

काठमाडौं – नेपालका लागि क्रसएक्स बाइकको आधिकारिक वितरक बाइकर्स नेपालले क्रसएक्स २५०आर ईएफआई बाइकलाई थप फिचरका साथ उपलब्ध गराउने भएको छ । पहिले देखि नै नेपाली बजारमा राम्रो प्रतिक्रिया पाएको यो बाइकमा अब जीपीएस र एन्टी थेफ्ट फिचर आदि थप हुनेछ भने सस्पेन्सन समेत अझै राम्रो भएर आउने छ । यसको आवाज पनि पहिले भन्दा स्मुथ छ ।

यो मोटरसाइकलमा २४९.६ सीसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक इन्जिन छ, जसले ३२ एचपीको पावर दिन्छ । ६–स्पिड गियरबक्स भएको सो मोटरसाइकलको फ्रन्ट र रियरमा निसिन सिंगल डिस्क ब्रेक छ ।

३६१ एमएम ग्राउन्ड क्लियरेन्स भएको यो मोटरसाइकलको सिटको उचाई ९४० एमएम छ भने ६.५ लिटरको इन्धन ट्यांकी छ ।

ईएफआई प्रविधियुक्त भएकाले यो मोटरसाइकलमा बेटर कोल्ड स्टार्ट, बेटर थ्रोटल रेस्पोन्स, बेटर फ्युल एफिसियन्सी र लेस मेन्टिनेन्स जस्ता विशेषता छन् ।

यो बाइकको मूल्य भने पुरानै अर्थात ८ लाख ९५ हजार रुपैयाँ नै तोकिएको छ ।

सम्बन्धित समाचारहरू

१४ लाख ९० हजार भारुमा लन्च भयो बिएमडब्लुको इलेक्ट्रिक स्कुटर, यस्ता छन् विशेषता

१४ लाख ९० हजार भारुमा लन्च भयो बिएमडब्लुको इलेक्ट्रिक स्कुटर, यस्ता छन् विशेषता

बिएमडब्लु मोटोरार्डले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर सिई ०४ लाई भारतमा लन्च...

एसवाईएम एनएचटी २०० को मूल्य अब ६ लाख २५ हजार : विन्टर अफरका साथ उपलब्ध

एसवाईएम एनएचटी २०० को मूल्य अब ६ लाख २५ हजार : विन्टर अफरका साथ उपलब्ध

काठमाडौं – नेपाली बजारमा नयाँ लटको एसवाईएम एनएचटी२०० मोटरसाइकल भित्रिएको...

बीएमडब्ल्युको पहिलो इलेक्टिक एसयूभी आईएक्स लन्च, ६११ किमी सम्म रेन्ज दिने

बीएमडब्ल्युको पहिलो इलेक्टिक एसयूभी आईएक्स लन्च, ६११ किमी सम्म रेन्ज दिने

बीएमडब्ल्यु आईएक्स इलेक्ट्रिक एसयूभी भारतमा लन्च गरिएको छ । कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...