२५० किमी रेन्ज र ड्यासक्याम फिचर, यस्तो छ सिट्रोनको नयाँ इलेक्ट्रिक कार

सिट्रोनले भारतीय बजारमा आफ्नो इलेक्ट्रिक कार ई–सी३ को नयाँ र अपडेटेड संस्करण ई–सी३एक्स सार्वजनिक गरेको छ । अत्याधुनिक फिचर्स र नयाँ प्रविधिसहित आएको यस इलेक्ट्रिक गाडीको सुरुवाती मूल्य १० लाख २५ हजार भारु निर्धारण गरिएको छ ।

नयाँ ई–सी३ मा सिट्रोनले ग्राहकहरूका लागि विशेष ’ब्याट्री–एज–ए–सर्भिस’ विकल्प पनि उपलब्ध गराएको छ । यस अन्तर्गत ग्राहकले गाडी खरिद गर्दा ब्याट्रीको छुट्टै पैसा तिर्नु पर्दैन, बरु प्रयोगका आधारमा प्रति किलोमिटर मात्र रु २.२६ ब्याट्री भाडा बुझाउनु पर्नेछ । कम्पनीले यस गाडीलाई लाइभ, लाइभ ओ र र शाइन गरी तीनवटा भेरिएन्टमा उतारेको हो ।

ई–सी३ एक्सको बाहिरी डिजाइनलाई आकर्षक देखाउन सिट्रोनले यसमा आकर्षक एलईडी हेडलाइट, डीआरएलएस, १५ इन्चको डायमंड–कट एलोय ह्वील र अटो फोल्ड सुविधासहितको इलेक्ट्रिकल्ली एडजस्टेबल साइड मिरर (ओआरभीएम) दिएको छ ।

गाडीको भित्री भाग (इन्टेरियर) मा पनि व्यापक परिमार्जन गरिएको छ । यसमाः डुअल–टोन लेदरेट सिट र ७–इन्चको टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट गर्ने १०.२५ इन्चको ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम पाउन सकिन्छ । साथै, इलेक्ट्रोक्रोमिक आईआरभीएम र वायरलेस मोबाइल चार्जर तथा ग्राहकले आफ्नो् आवश्यकता अनुसार, जेबीएल साउन्ड सिस्टम र सुरक्षाका लागि अगाडि तथा पछाडिको ड्यासक्याम समेत जडान गर्न सक्नेछन् ।

सिट्रोन ई–सी३ एक्समा २९.२ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ, जसले सिंगल चार्जमा लगभग २५० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दाबी कम्पनीको छ । कारमा ५६ बीएचपी र १४३ एनएम टर्क जेनेरेट गर्न सक्षम फ्रन्ट माउन्टेड मोटर उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

हेटौंडा र बर्दिबासमा प्योर ईभीको सोरुम खुल्ने

हेटौंडा र बर्दिबासमा प्योर ईभीको सोरुम खुल्ने

काठमाडौं – भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड प्योर ईभीको सोरुम हेटौंडा र...

डोङफेङ नामीको अन्तर्राष्ट्रिय सफलताः ४० भन्दा बढी देशमा १२ हजार भन्दा बढी सवारी निर्यात

डोङफेङ नामीको अन्तर्राष्ट्रिय सफलताः ४० भन्दा बढी देशमा १२ हजार भन्दा बढी सवारी निर्यात

जुनफेङ कम्पनीका अनुसार, डोङफेङ नामीले उत्पादन गरेको विद्युतीय सवारी मोडल...

घटस्थापनाका दिन १३२ युनिट गाडी डेलिभरी गरेर बीवाईडीले हासिल ग-यो महत्वपूर्ण उपलब्धि

घटस्थापनाका दिन १३२ युनिट गाडी डेलिभरी गरेर बीवाईडीले हासिल ग-यो महत्वपूर्ण उपलब्धि

काठमाडौं – विश्वकै अग्रणी इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता कम्पनी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...