होन्डाको पहिलो इलेक्ट्रिक एसयूभीको नाम होन्डा अल्फा, भारतमा उत्पादन हुने
होन्डाले आफ्नो पहिलो मिड साइज इलेक्ट्रिक एसयूभीको नाम सार्वजनिक गरेको छ।...
काठमाडौं–बीवाईडीले आफ्नो चर्चित कम्प्याक्ट क्रसओभर एट्टो२ को २०२७ संस्करण चीनमा सार्वजनिक गरेको छ ।
कम्पनीले यस नयाँ मोडललाई अत्याधुनिक प्रविधि, थप ब्याट्री क्षमता र आक्रामक मूल्य रणनीतिका साथ बजारमा उतारेको हो । कारको मूल्य ११ हजार १५० अमेरिकी डलर निर्धारण गरिएको छ ।
नयाँ एट्टो२ मा मुख्य आकर्षणका रूपमा ५०१ किलोमिटर (सीएलटीसी) सम्मको रेन्ज दिने नयाँ ब्याट्री प्याक थपिएको छ । फिनड्रिम्सद्वारा निर्मित ५१.१३ किलोवाट आवरको ब्लेड ब्याट्री जडित यस मोडलले प्रयोगकर्तालाई लामो दूरीको यात्रामा थप सहजता प्रदान गर्ने विश्वास लिइएको छ ।
यसपटक बीवाईडीले सबै पाँचवटा भेरियन्टमा ७० किलोवाट क्षमताको फ्रन्ट माउन्टेड मोटर प्रयोग गरेको छ । डिसी फास्ट चार्जिङ प्रविधिको प्रयोग गरी यसको ब्याट्रीलाई मात्र ३० मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
कारको भित्री सजावट र क्याबिन एर्गोनमिक्समा पनि व्यापक सुधार गरिएको छ । सेन्टर कन्सोलमा रहेको गियर नोबलाई स्टेयरिङ कोलममा सारिएकाले ५० वाटको वायरलेस फोन चार्जर मुनि थप सामान राख्ने ठाउँ उपलब्ध भएको छ ।
क्याबिनभित्र १२.८ इन्चको घुम्ने टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, ८.८ इन्चको ड्राइभर डिस्प्ले, अगाडिका सिटमा हिटिङ र भेन्टिलेसन, तथा प्यानोरमिक ग्लास रुफ जस्ता विलासी सुविधाहरू समावेश छन् । बढ्दो बजार प्रतिस्पर्धालाई सम्बोधन गर्न ल्याइएको यो मोडलले बीवाईडीको विश्वव्यापी बजार उपस्थितिलाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...