नयाँ एट्टो३ को ‘रोड टेष्ट’ सुरु, कहिले हुँदैछ लन्च ?

बीवाईडीले आफ्नो लोकप्रिय एसयुभी एट्टो३ को २०२५ मोडललाई चीनमा रोड टेष्ट गर्न सुरु गरेको छ । नयाँ एट्टो३ यसै वर्षको दोस्रो त्रैमासिकमा लन्च हुने अनुमान गरिएको छ । सो नयाँ मोडलको एक्सटेरियरमा ब्यापक परिमार्जन गरिएको छ ।

चिनियाँ बजारमा यूवान प्लस नामले बिक्री हुँदै आएको सो ईभीमा कम्पनीले नयाँ ड्राइभिङ एसिस्टेन्स सिस्टम दिन लागेको हो । कारको अग्रभागलाई झनै स्पोर्टी देखिने बम्पर राखेर रिडिजाइन गरिएको छ भने पछाडी पनि राम्रैसंग रिफ्रेस गरिएको छ ।

नयाँ एट्टो३ मा रुफ स्पोइलर, ब्रेक लाइट, बडी कलर, रियर पिल्लर र क्यामेरामा समेत नयाँपन पाइनेछ । साथै यसको इन्टेरियरमा पनि राम्रैसंग अपडेट गरिएको अनुमान गरिएको छ ।

सो नयाँ मोडलमा प्रयोग हुने पावरट्रेन र स्पेसिफिकेसन भने पुरानैले निन्तरता पाउने जनाइएको छ । हाल उपलब्ध एट्टो३ लाई बीवाईडीले ४९.९ र ६०.५ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध गराउँदै आएको छ । जसले सिंगल चार्जमा ४३० र ५१० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।

बीवाईडी एट्टो३ नेपाली बजारमा सर्बाधिक बिक्री हुने बिद्युतिय एसयुभी हो । नेपाली बजारमा यसको ४९.९ किलोवाट आवर ब्याट्री प्याक जडित भेरिएन्टलाई ५६ लाख ९० हजार रुपैयाँ पर्छ भने लङ रेन्ज भेरिएन्टको ६७ लाख ८० हजार तोकिएको छ ।
चीनमा लन्च भए पश्चात यसको नयाँ मोडल नेपाली बजारमा समेत उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

बीवाईडीको भनाइ – चाइनिज न्यु इयर कपबाट दुई देशको मित्रता र सांस्कृतिक सम्बन्ध थप मजबुत बनेको छ

बीवाईडीको भनाइ – चाइनिज न्यु इयर कपबाट दुई देशको मित्रता र सांस्कृतिक सम्बन्ध थप मजबुत बनेको छ

काठमाडौं – बीवाईडीले प्रायोजन गरेको नेपाल–चीन मैत्रीपूर्ण फुटबल म्याच...

परिक्षणका क्रममा देखियो बीवाईडीको नयाँ एसयूभी, एट्टो३ भन्दा केही ठूलो हुने

परिक्षणका क्रममा देखियो बीवाईडीको नयाँ एसयूभी, एट्टो३ भन्दा केही ठूलो हुने

बीवईडीको नयाँ बिद्युतिय एसयूभी परिक्षणका क्रममा देखिएको छ । आधिकारिक...

चर्चामा बीवाडीको नयाँ हाइब्रिड सेडान, प्रतिस्पर्धी भन्दा आधाले सस्तो

चर्चामा बीवाडीको नयाँ हाइब्रिड सेडान, प्रतिस्पर्धी भन्दा आधाले सस्तो

विश्वको सबैभन्दा ठूलो न्यू इनर्जी भेइकल उत्पादक बीवाइडीले एकपछि अर्को...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...