फागुन २८ गते अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुँदै
काठमाडौं – मेरोअटो अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुने भएको छ । अटोमोटिभ्स...
थापाथलीबाट प्रसूति गृह हुँदै वा बबरमहलबाट भित्र छिरेपछि पुगिने बागमती करिडोरमा पछिल्लो समयमा विभिन्न व्यवसाय बढ्दै गएका छन् । करिडोरको सडक राम्रो भएपछि यहाँबाट धेरै सवारी साधनहरु समेत ओहोरदोहोर गर्न थालेका छन् ।
यसै मेसोमा बुद्धनगरको पुल नपुग्दै युएन पार्कको विपरित दिशामा हालै खुलेको नयाँ रेष्टुरेन्ट ‘रेल स्टेशन’ ले धेरैको ध्यान तान्न थालेको छ । फरक नाम भएकाले मात्र होइन, फरक स्वाद र अनुभवका कारण समेत यसले धेरैलाई लोभ्याउन थालेको आभास हुन्छ ।
अर्घाखाँची सन्धीखर्कका तीन युवाहरु दीपक पौडेल, सुदन बञ्जाडे र जनक क्षेत्री मिलेर करिव एक महिना पहिले यसको सुरुवात गरिएको हो । विद्यालयका सहपाठी भए पनि बीचमा यी तीन साथीको भेटघाट पातलिएको थियो । यी सबैलाई भेट गराउने श्रेय भने कोभिड–१९ को कारण गरिएको लकडाउनलाई जान्छ ।
कोरियालगायत विभिन्न देशमा वैदेशिक रोजगारको सिलसिलामा करिव १० वर्ष भन्दा लामो समय बसेका दीपकलाई कोरिया फर्किन कोभिडकै लकडाउनले रोक्यो । यो अवस्थामा नेपालमै केही गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । भन्छन्, ‘विदेशमा बसेर भन्दा आफ्नै देशको स्वतन्त्रतामा रमाउने मोह जाग्यो । जे गरे पनि आफ्नो देश राम्रो भन्ने बुझ्न मलाई यति लामो समय लाग्यो ।’ नेपालमा बसेका साथीहरु एक स्टेप अपग्रेड भइरहेको र आफू भने जहाँको त्यही भएको अनुभव भयो । यसका लागि नै केही नयाँ गर्ने सोच पलाएको पौडेलले बताए ।
पेय पदार्थ सम्बन्धी कम्पनीमा कार्यरत अन्य दुई साथीसमेत उनले भृकुटीमण्डपमा बसेर बनाएको योजनाले नै मुर्तरुप लिएको हो । करिव तीन महिना सम्मको प्रयासमा बागमती किनारामा भेटिएको खाली जग्गामा उनीहरुले रेष्टुरेन्ट खोल्ने योजना बनाए । नाम पनि केही ‘युनिक’ राख्नु पर्छ भन्ने मान्यताका साथ सोच्दै गर्दा उनीहरुको मनमा ‘रेल स्टेशन’ नाम जु-यो ।
नेपाली राजनीतिमा रेल स्टेशनको निकै नै चर्चा भएको र नेपालीका लागि पनि यो नयाँ कुरा भएकोले यसलाई धेरैले रुचाएका छन् । रेल स्टेशन रेष्टुरेन्टमा रेलकै झल्को दिनका लागि रेलको स्टेशन समेत राखिएको छ । त्यही स्टेशनमा बसेर आफूलाई मन लागेको परिकार खान सकिन्छ ।
यसका लागि रेल स्टेशनमा पाइने पकौडा, मालपुवा, चिया आदि रेल फुड समेत खान पाइने व्यवस्था छ । हाल लिमिटेड रुपमा मात्र खानाको मेनु उपलब्ध भएकोमा आगामी दिनमा ग्राहकको रोजाई अनुसारका अन्य परिकार समेत उपलब्ध गराइने योजना रहेको छ ।
अन्य ग्राहकका लागि माथिल्लो तलामा फरक खाले आकर्षक सुविधा समेत उपलब्ध छ । यहाँ बाँस र निगालोबाट बनाइएका सजावट उपलब्ध छन् । लामो समयको अनुभव प्राप्त सेफद्वारा तयार गरिने सफा सुग्घरयुक्त परिकार खान पाइने भएकाले पनि राजधानीका लागि यो एउटा नयाँ गन्तव्य बन्न सक्छ । त्यसमाथि रेलको झल्को छ छदैछ ।
काठमाडौं – मेरोअटो अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुने भएको छ । अटोमोटिभ्स...
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय पेट्रोलियम...
काठमाडौं–बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दुई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...