कम्प्याक्ट सेगमेन्टमा कियाले लन्च गर्यो नयाँ किया साइरोस
किया साइरोस हालै भारतीय बजारमा लन्च भएको छ र यसको बुकिङ जनवरी ३, २०२५ देखि...
किया इन्डियाले आफ्नो लोकप्रिय एसयूभी सेल्टोसको २०२५ अपडेटेड मोडल लन्च गरेको छ । अपडेट गरिएको सेल्टोसमा स्मार्टस्ट्रीम १.१ लिटर पेट्रोल र १.५ लिटर सीआरडीआई डिजेल इन्जिन विकल्प सहित ८ नयाँ भेरिएन्टमा पेश गरिएको छ । साथै किया सेल्टोस अब कुल २४ भेरिएन्टमा उपलब्ध हुने भएको छ ।
नयाँ किया सेल्टोसमा ३ नयाँ भेरिएन्ट एचटीई(ओ), एचटीके(ओ) र एचटीके प्लस(ओ) समावेश छ, जसले यसलाई अझ आकर्षक बनाएको छ।
सेल्टोस एचटीई(ओ) : यसको मूल्य ११ लाख १३ हजार भारु मूल्य रहेको छ। सो एसयूभीमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ६ स्पिकर अडियो सिस्टम, स्टेयरिङ माउन्टेड अडियो कन्ट्रोल, एलईडी डीआरएल र एलईडी रियर कम्बी ल्याम्प, रियर भ्यू मिरर र कनेक्टेड टेल ल्याम्प जस्ता फिचर समावेश छ ।
सेल्टोस एचटीके(ओ) : किया सेल्टोस एचटीके(ओ) को मूल्य १२ लाख ९९ हजार भारु रहेको छ । यसमा प्यानोरामिक सनरुफ, १६ इन्चको अलोय ह्विल, क्रूज कन्ट्रोल, इल्युमिनेटेड पावर विन्डोज, रुफ रेल र रियर वाइपरको साथमा वाशर र डिफगर, साउन्ड सिङ्क सहितको मुड ल्याम्प र स्मार्ट कि मोशन सेन्सर जस्ता उन्नत फिचर दिइएको छ ।
सेल्टोस एचटीके प्लस(ओ) : यसको मूल्य १४ लाख ३९ हजार भारु तोकिएको छ । यसमा १७ इन्चको अलोय ह्विल, एलईडी हेडल्याम्प र टर्न सिग्नल एलईडी सिक्वेन्स लाइट, एलईडी फग ल्याम्प, ग्लोसी ब्ल्याक रेडिएटर ग्रिल, अटो फोल्ड आउटसाइड रियर भ्यू मिरर, स्मार्ट की मोशन सेन्सर आदि जस्ता अन्य सुविधा समावेश गरिएको छ ।
किया साइरोस हालै भारतीय बजारमा लन्च भएको छ र यसको बुकिङ जनवरी ३, २०२५ देखि...
काठमाडौं – कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ...
कोरियन अटो निर्माता कियाले तीन वर्षमा भारतबाट १ लाख ५० हजार बढी कार निर्यात...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...